मंसिर १ । रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । गए राति काठमाडौंबाट दाङ जाँदै गरेको बागमती प्रदेश०३–००१ नम्बरको बस देवदह-८ भलुहीमा पल्टिँएकाे प्रहरी जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टका अनुसार बसमा ३८ जना सवार थिए ।
ड्राइभर निदाएका कारण दुर्घटना भएकाे हुनसक्ने प्रहरीकाे भनाइ छ । घटनाकाे थप अनुसन्धान भइरहेकाे डिएसपी भट्टले जानकारी दिए । घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाे छ ।