About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
चामुण्डा कृषि सहकारीको ८ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

तुलसीराम पौडेल आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित चामुण्डा कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आइतबार सम्पन्न भएकाे छ।
सम्पन्न अधिवेशनले पुन: शेरबहादुर काफ्लेको अध्यक्षतामा सर्वसम्मत रूपमा नया कार्यसमिति चयन गरेको छ जसको उपाध्यक्षमा ओमबहादुर फौदार ,कोषाध्यक्षमा होमराज ढकाल ,सचीवमा कुलानन्द चालिसे रहेका छन् । त्यसै गरि सदस्यहरुमा राजबहादुर फौदार ,प्रजापति अधिकारी ,बुद्धि कंडेल ,लक्ष्मी केसी ,देवि पौडेल ,रामेस्वरी सिह र अस्मिता सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् ।लेखासमितिको संयोजकमा शोभा आले र सदस्यहरुमा लक्ष्मी पोख्रेल र रमा केसी सर्वसम्मत निर्वाचित भएका छन् ।


कार्यक्रम सहकारीका अध्यक्ष शेरबहादुर काफ्लेको अध्यक्षता र शुद्दोधन गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पङ्गेनी ,सहकारी संजाल शुद्दोधनका अध्यक्ष लेखबहादुर खत्री ,समाजसेवी सोमनाथ शर्मा ,लोक सागर सामाजिक उद्दमी सहकारी संस्थाका अध्यक्ष गोविन्द बहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
साधारण सभामा सहकारीका अध्यक्ष शेरबहादुर काफ्लेबाट वार्षिक प्रतिवेदन , कोषाध्यक्ष होमराज ढकालबाट आर्थिक प्रतिवेदन र निवर्तमान लेखासमिती संयोजक रामजी पौडेलबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सहकारीका उपाध्यक्ष ओम बहादुर फौदारको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सहकारीका सचिव कुलानन्द चालिसेले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com