कार्तिक १९ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले छुवाछूत अन्त्य गर्न व्यवहारिक परिवर्तन आवश्यक रहेकाे बताएका छन । आइतबार दलित आयाेगकाे बार्षिक प्रतिवेदन बुझ्दै शेरचनले कानुन बनाएर मात्रै विभेद अन्त्य गर्न नसकिने भन्दै व्यवहारमै परिवर्तनकाे खाँचाे ओैल्याएका हुन । मानिस जन्मदा समान हुने भए पनि राज्य शत्ताले आफूलाई सर्वश्रेष्ठ बनाउन उचाेनिचाेकाे धारणा निर्माण गरेकाे उनकाे भनाई थियाे । आफूले राजनीति गर्ने क्रममा दलित समुदायकाे घरमा आश्रय लिएकाे स्मरण गर्दै विभेद अन्त्य गर्न शिक्षामा जाेड दिनु पर्ने बताए । दलित र महिलाकाे मुद्घा उठाउँदा कर्मचारीतन्त्रले खास वास्ता नगर्ने गरेकाे आफ्नाे समेत भाेगाइ रहेकाे भन्दै असमानताकाे खाडल रहँदा सम्म समाज विकास नहुने बताए ।
प्रतिवेदन बुझाउने क्रममा राष्ट्रिय दलित आयाेगका अध्यक्ष देव बहादुर बिकले लुम्बिनी प्रदेशमा दलित समुदायकाे विकासका लागि नितिगत व्यवस्था गरिदिन आग्रह गरे । विभिन्न समयमा लिइएकाे तथ्यांकअनुसार दलित समुदायकाे स्तर अन्य समुदायकाे तुलनामा निकै तल रहेकाे उल्लेख गर्दै देशकाे समग्र विकासका लागि दलित समुदायकाे स्तरउन्नती आवश्यक रहेकाेमा उनकाे जाेड थियाे ।