About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
सिराजुल उलुम मदरसा मानवताको पथमा अग्रसर:- मौलाना मशहूद

दर्पण पाेष्ट आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु,

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ।
जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष शमीम अहमद तथा नेपाल खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मगराती बिच दोहोरो जग्गा हस्तान्तरण करारनामा समझौता गरिएको छ।

सो क्षेत्रमा बसोबास गर्ने जनता तथा मदरसाका लागि स्वच्छ खानेपानी वितरण हुने उद्देश्यका साथ मदरसाले जग्गा उपलब्ध गराएको तथा जामिया सिराजुल उलुम मदरसा हरेक धर्मका व्यक्तिको शुख दुखमा हातेमालो गर्दै आएको एक धरोहरको रूपमा रहेको जानकारी लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले जानकारी दिए।
जग्गा हस्तान्तरण करारनामा समझौतामा अल्ताफ अहमद खान, डा. अब्दुल गनि अल्कूफी, मौलाना मशहूद खां नेपाली, सोहन लाल गुप्ता, धन प्रकाश विष्ट, राजन प्रसाद यादव, खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयका कानून अधिकृत ध्रुव भण्डारी, वडाध्यक्ष सगीर अहमद खां लगायत व्यक्ति हरु जग्गा हस्तान्तरण करारनामा समझौतामा साक्षी रहेका थिए।
सिराजुल उलुम अल्सलफीया मदरसाले २०७२ को महा भकम्पमा समेत पिडित लाई यथासम्भव सहयोग गरेको, कोरोना महामारीका बेला समेत यथासम्भव सहयोग गर्दै आएको आज स्वच्छ खानेपानीका लागि गरेको कार्य आफैमा सराहनीय रहेको बताउदै उक्त मदरसाले धार्मिक सहिष्णुता कायम गर्न सधै योगदान दिदै आएको राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले बताए।
जग्गा उपलब्ध गराएकोमा मदरसालाई हार्दिक धन्यवाद दिदै निर्माण कार्य छिट्टै संचालनमा आउने नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगर प्रमुख रमेश मगरातीले जानकारी दिनुभयो।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com