About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
पत्रकार पराजुली जलुके खानेपानी तथा उपभोक्ता संस्थाबाट सम्मानित

दर्पण पाेष्ट आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

 

नवलपरासी । नवलपुरका पत्रकार पवित्रा पराजुली जलुके खानेपानी तथा उपभोक्ता संस्थाबाट सम्मानित हुनुभएको छ । गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी तथा सरसफाईको २२ औं वार्षिक साधारण सभामा पत्रकार पराजुलीले गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

पत्रकार पराजुलीले रेडियो कार्यक्रम ‘सुरक्षित पानी, स्वस्थ जिन्दगानी’ मार्फत उपभोक्ताहरुमा खानेपानी तथा सरसफाईको क्षेत्रमा सचेतना अभिवृद्धि गर्ने, खानेपानीको मूहानको संरक्षण, खानेपानीको समुचित प्रयोग, खानेपानी संस्थाका समस्या तथा सम्भावनाहरुलाई सम्बन्धित निकायमा पु¥याउन गरेको योगदानको गर्नु भएको थियो ।

साधारण सभाका प्रमुख अतिथि गैँडाकोट नगरपालिकका नगर प्रमुख मदनभक्त अधिकारी, खानेपानी संस्थाका अध्यक्ष जगन्नाथ पौडेल लगायत अतिथिहरुले प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो ।

विगत डेढ दशकदेखी विजय एफएम १०१.६ ले जलुके खानेपानी संस्थासँगको सहकार्यमा सुरक्षित पानी स्वस्थ जिन्दगानी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com