About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
साना किसान सहकारीको बार्षिक साधारण सभा सम्पन्न

तुलसीराम पौडेल शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही।
साना किसान कृषि सहकारी संस्था शुद्दोधन -२ रुपन्देहीको १९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो ।शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले एक कार्यक्रमका बीच साधारण सभाको उद्द्घाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले किसानका हरेक समस्याहरुलाई समाधान गर्न शुद्दोधन गाउँपालिका सधैं सक्रिय रहने बताउनु भयो ।


कार्यक्रममा नेपाल् कृषि सहकारी संघ केन्द्रिय संघका संचालक रामप्रसाद रेग्मी ,लुम्बिनी प्रदेश कृषि सहकारी संघका अध्यक्ष नरबहादुर घर्ती मगर ,देवदह साना किसा कृषि सहकारीकी अध्यक्ष टीका न्यौपाने ,शुद्दोधन गाउँपालिका सहकारी शाखा प्रमुख मानबहादुर भण्डारी ,शेयर सदस्य सुजाता शर्मा ,भुजौली इङलिस स्कुलका प्रीन्सीपल झलक थापा , परोहा साना किसान कृषि सहकारीका प्रबन्धक दिनेश कुमार घिमिरे ,सेमलार साना किसान कृषि सहकारीका अध्यक्ष गोपाल पौडेल ,कृषक हित सहकारीका अध्यक्ष शंकर गौतम ,साना किसान लघुवित्त संस्था बुटवलका अध्यक्ष गणेश प्रसाद भट्टराई ,शुद्दोधन -२ का वडा सदस्य तारक कुवर लगयतले मन्तव्य दिएका थिए ।


यस साना किसान कृषि सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० मा एक करोड सत्ताइस लाख बत्तीस हजार नौ सय पाँच रुपैयाँ शुद्ध नाफा गर्नुको साथै आफ्ना शेयर सदस्यहरुलाई १८% लाभांश वितरण गर्न सफल भएको छ।
कार्यक्रम संस्थाकी अध्यक्ष धनकुमारी बरालको अध्यक्षता र शुद्दोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालिको प्रमुख आतिथ्यतामा सप्पन्न भएकोे हो।
साधारण सभामा सहकारीकी अध्यक्ष धनकुमारी वरालको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक प्रतिमा पौडेलको आर्थिक प्रतिवेदन प्रस्तुत रहेकोे थियोे ।
संस्थाकी उपाध्यक्ष बिष्णु खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रबन्धक नेत्र कुमारी सुवेदीले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com