About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
भूकम्पमा परी नलगाढ नगरपालिकामा मात्र उपप्रमुख सहित१२८ काे मृत्यु १४१ घाईते

धना पन्थी शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह सहित १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए ।

भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । केही सडकहरू बन्द भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com