About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
भुकम्प अपडेट : रुकुमको आठविसकोटमा एकै परिवारका ६ सहित १० को मृत्यु

दर्पण पोष्ट शनिबार, कार्तिक १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार ६ ४ रेक्टरको भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको बताए । ।उनले सदरमुकाममा कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताए ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको स्थानीय दलजित सेर्पालीले बताए । उनले कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने उनले आशंका गरे । तर मध्यराती भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन ।

कर्णाली प्रदेशका डिआईजी भिमप्रसाद ढकालले जाजरकोट सदरमुकाममा पर्खाल भत्किँदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएको बताए । उनले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको बताए ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षति पुगेको स्थानीय बसन्त चन्द ठकुरीले बताए । त्रिवेणी गाउँपालिकाको मुरुडाँडामा सातवटा घरमा पूर्ण क्षती भएको स्थानिय आनन्द पुनले बताए । पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताए ।

कालिकोट संवाददाताका अनुसार शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको घर भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए । जाजरकोटको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी हरिशचन्द्र शर्माका अनुसार बारेकोट गाउँपालिका रामेडाँडामा केही घरहरु भत्किएको विवरण आएपछि पूर्ण विवरण आउन बाँकी रहेको बताए ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पुर्ण क्षती पुगेको स्थानिय बसन्त चन्द ठकुरीले बताए । त्रिवेणी गाउंपालिकाको मुरुडाडामा सातवटा घरमा पुर्ण क्षति भएको स्थानीय आनन्द पुनले बताए । पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताए ।कान्तिपुर बाट

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com