About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा शुभकामना सन्देश

दर्पण पोष्ट मंगलबार, कार्तिक ०७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गरेका छन् । दसैँको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कामना गरेका हुन् । उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन्, साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गर्दछु ।’

राष्ट्रपति पौडेलले राष्ट्र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको समेत कामना गरेका छन् । उनले देश विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिएका छन् ।

यसैगरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा शुभकामना सन्देश : नेपालीहरूको महान् चाड विजया दशमी, २०८० को शुभ अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु। अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति ल्याऊन् साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु।

जय नेपाल।

२०८० कात्तिक ७ गते मङ्गलबार।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com