About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
खुल्ला फुटबल प्रतियोगिता सम्पन्न, बाराही पाखुरे युवा क्लब तिगाउ प्रथम

बिमल भट्टराई मंगलबार, कार्तिक ०७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नुवाकोट -आरुखर्क युवा क्लव बेलकोटगढी नगरपालिका वडा १को संयुक्त आयोजमा सुरु भएको प्रथम बेलकोटगढी अन्तर वडा स्तरीय दशै तिहार विशेष नकाउन खुल्ला फुटबल प्रतियोगिताको सोमबार सम्पन्न भएको छ । प्रतियोगिता अंतरगत सोमबार भएको फाइनल खेलम २ गोल गर्दै बाहारी पाखुरे युवा क्लब तिगाउ वडा १३ ले प्रथम स्थान हासिल गर्ने सफल भएको छ । प्रतियोगितामा पन्चकन्या युवा क्लब वडा नम्बर ११ दोस्रो भएको छ ।प्रतियोगितामा विजय खेलाडीहरुलाई बागमती प्रदेश सभा सदस्य रामप्रसाद ढुंगानाले ट्रफी प्रमाणपत्र तथा नगत पुरस्कार वितरण गरेका थिए ।

शुक्रबार कात्तिक ३ गतेबाट सुरु भएको प्रतियोगितामा १८ टिमले सहभागीता जनाएका थिए भने प्रतियोगिता अन्तर्गतका सम्पुर्ण खेलहरु आरुखर्क खेलमैदान भएको थियो ।

प्रथम बेलकोटगढी खुल्ला फुटबल आयोजक आरुखर्क युवा क्लब भने प्रतियोगिताको क्याटर फाइनलमा बागखोर युवा क्लब वडा नम्बर ९ लाई पेनाल्टी सुट आउट १ गोलका विरुद्ध ३ गोलले विजय हासिल गरेपनि समय ट्राईसेटको अनुसार बाई पाउँदा -पाउदै विविध कारणले (AYC) A टिम प्रतियोगिताबाट बाहिरिनु परेको प्रतियोगिताका संचालक तथा संयोगक सुजन तामाङले जानकारी दिए ।
साथै प्रतियोगितालाई सम्पन्न गर्ने क्रममा व्यवस्थापनमा केहि कमीकमजोरी भएको र आगामी दिनमा यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सफल बाराही पाखुरे युवा क्लब तिगाउ वडा नम्बर १३ लाइ रु.२५ हजार ५ सय ५५ नगद मेडल सहित प्रमाणपत्र प्रधान गरिएको थियो । त्यस्तै दोस्रो भएको पन्चकन्या युवा क्लब बेलकोटगढी ११ ले रु.१५ हजार ५ सय ५५ नगद,मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पन्चकन्या युवा क्लबका दिप लामालाई नगद रु. ५ सय ५५ मेडल प्रमाणपत्र पाएका थिए। उत्कृष्ट गोल रक्षक तर्फ आरुखर्क युवा क्लबका सागर श्रेष्ठले पाउन सफल भएका थिए उनलाई नगद रु.५ सय ५५ रुपैया मेडल र प्रमाणपत्र प्रधान गरिएको थिए । साथै सर्वाधिक गोल गर्ने खेलाडी शुभ बिहानी युवा क्लबका अजय तामाङले पाउन सफल भएको थिए उनलाई पनि नगद रु.५ सय ५५ रुपैयाका साथै मेडल प्रमाणपत्र समेत प्रधान गरिएको थियो ।


प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बोल्दै कार्यक्रम समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य रामप्रसाद ढुंगानाले चाडपर्वलाई लक्षित गरि युवा क्लबले प्रथम बेलकोटगढी खुल्ला फुटबल प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिदै आगामी वर्षमा समेत प्रतियोगिताको निरंतरता पाउनेमा आफू आशावादी रहेको बताए । साथै प्रदेश सरकारको तर्फबाट नुवाकोट जिल्लाको खेलकुदको विकासका लागि विषेश पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै प्रदेश सभा सदस्य ढुंगानाले आरुखर्क खेलमैदानको स्तर उन्नतिका लागि पहल गर्ने प्रतिबद्धता समेत दोराए ।


त्यस्तै प्रतियोगिताको समापन कार्यक्रम आफ्नो धारण राख्दै बेलकोटगढी नगरपालिका वडा नम्बर: १ का वडा अध्यक्ष सन्त बहादुर तामाङले प्रतियोगितालाई उत्कृष्ट भब्य र सब्य रुपमा सम्पन्न गर्ने सफल भएकोमा युवा क्लबलाई धन्यवाद दिदै खेलमैदानको स्तर उन्नतिका लागि प्रदेश सभा सदस्य रामप्रसाद ढुंगानालाई ध्यानाकर्षण गराए ।

क्लबका अध्यक्ष सुजत तामाङले कार्यक्रमको समापन समारोहमा आफ्नो भनाइ राख्दै प्रतियोगिता आयोजना गर्ने सहयोग गर्नुहुने सम्पुर्ण व्यक्ति सघ सस्थाहरुलाई धन्यवाद दिदै आगामी वर्षमा समेत प्रतियोगिताले निरंतरता पाउने पाउने बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com