पर्वत। पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौर नौनादीमा रहेको शुभकामना युवा क्लबले समाजमा प्रत्येक्ष रुपमा फाइदा हुने काम गरेको छ ।
नेपाली हरुको महान चाडपर्व वडा दशै तथा दिपावलिको अवसर परेर क्लबले बर्राचौरका मुख्य र धर्मिक स्थलमा चाडपर्वको बेला धेरै मानिस घुम्न र हेर्न आउने भएको र सोही कर्ममा केही खानेकुरा ल्याउन सक्ने र खाएपछि जथाभावी फोहोर नहुन दिनका लागि विभिन्न स्थलमा डस्विन राखिएको क्लबका सक्रिय सदस्य विष्णु गिरिले बताए ।
सुन्दर हाम्रो गाउँ उज्यालो बस्ती बनाउ भने नारा साथ
दशै तिहारको बेलामा चोरी हुने वा कुनै पनि दुर्घटना हुन् सक्ने भएकाले बर्राचौर नौनादीको विभिन्न ठाउँमा बत्ती जोडान गरिएको क्लबका सदस्य हिमलाल गिरी (पारसले ) बताए । उनका अनुसार अहिले बर्राचौरमा मात्र गरेका छौं यस कार्यमा स्थानीय सरकारले सहयोग गर्यो भने विहादी गाउँपालिका का मुख्य स्थान र विभिन्न सार्वजनिक स्थलमा पनि उज्यालो बनाउने योजनामा रहेको उनले बताए । साथै विभिन्न सडक पनि मर्मत सँगै सरसफाइ गरेका थिए ।
उक्त कार्यमा क्लबका अन्य सदस्य प्रेम नेपाली , सुमन नेपाली , रेशम गिरी, राजु गिरि , कमल नेपाली लगाए स्थानीयवासीको साथ र सहयोग रहेको थियो ।