About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
दर्पण पाेष्ट डट कम छैठौं वर्षमा प्रवेश

बिमल भट्टराई बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

शिखा मिडिया प्रा लि बाट सन्चालनमा आएको पश्चिम नेपालकै पहिलो राष्ट्रिय डिजिटल पत्रिका दर्पण पोष्टले आफ्नो ५ औ बसन्त पार गरेर ६ औ बसन्तमा प्रवेश गरेको छ ।

सुनवल १ नवलपरासीमा प्रधान कार्यालय रहेको दर्पण पोष्टले ५ बर्षदेखि सत्य, तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषण गर्दै आइराखेको छ । समाजको यथार्थ अवस्था, समसामयिक विषयवस्तु, सत्य तथ्य तथा निष्पक्ष समाचार सम्प्रेषणका लागि स्थापना गरिएको दर्पण पोष्टले सन २०१७ देखि आफ्नो सेवा सुरु गरेको थियो ।

दर्पण पोस्टले आफ्नो स्थापनाकालदेखी नवलपरासी पश्चिम, नवलपरासी पुर्व, नवलपरासी पुर्व, रुपन्देही, दाङ, बाके, कपिलवस्तु, पाल्पा, स्याङ्जा, पर्वत, कैलाली, काठमाडौ लगायत नेपालभर तथा बिश्वभरका समाचार प्रकाशन, तथा सम्प्रेषित गर्दै आइरहेको छ । प्रारम्भमा परिक्षण सेवा चलाएको दर्पण पोष्टले हाल अनलाइन रेडियो दर्पण, अनलाइन टेलिभिजन, र युटुबबाट दर्पण टिभी नेपाल नि संचालनमा ल्याएको छ ।

समाजको निष्पक्ष यथार्थ बाहिर ल्याइरहेको दर्पण पोष्टले बिक्रम संवत् २०७५ माघ १३ गते कम्पनी रजिस्ट्रार कम्पनिमा संगठन दर्ता गरेको थियो । यद्यपि,दर्पण पोष्टको स्थापना दिवस १९ अक्टुबर (oct) मा मनाइन्छ । त्यस्तैगरि बिक्रम संवत् २०७५ माघ १४ मा दर्पण पोष्टलाई आन्तरिक राजस्व बिभागमा दर्ता गरिएको थियो । दर्पण पोष्टले २०७५ साल फागुन १९ मा सुचना तथा प्रशारण बिभागबाट सञ्चारमाध्यम अनुमती लिएको थियो ।

हामिले सत्य, तथ्य निष्पक्ष समाचार सम्प्रेषणका साथै समाजिक कार्यहरु पनि गर्दै आएका छौ र आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुमा लाग्ने नै छौ । हामिले मृगौलापीडितलाई आर्थिक सहयोग, लामो समयदेखी हराएकाहरुको खोजी तथा थुप्रै सामाजिक कार्यहरु गर्दै आएका छौ ।

हामिले तेस्रो स्थापना दिवसको अवसरमा दियालो कृषि सहकारी संस्था, नेपाल पशु स्वास्थ्य प्राबिधिक सेवा सघ र रेडियो सुनवलको साझेदारीमा “१० दिने पत्रकारिता आधारभूत तालिम पनि संचालन गरेका थियौ । उक्त तालिममा ५० बढी सहभागीले पत्रकारिताका विषयमा ज्ञान हासिल गरेका थिए ।

आगामी दिनमा हामी लाईभ लोक दोहोरी , कमेडी नाटक , नारी आवाज , लाईभ समाचार , यस्तै विभिन्न कार्यक्रम उत्पादन गर्ने तयारीमा रहेका छौ । हामी निरन्तर समाजका सत्य, तथ्य तथा निष्पक्ष समाचार र सुचना दिन तत्पर छौ । आगामी दिनहरुमा सबै पाठक, दर्शक, श्रोता तथा सम्पुर्णबाट माया, साथ, सल्लाह तथा सुझावको आशा राख्दछौ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com