About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
कोशी प्रदेशको समस्या काँग्रेस सभापति र नेता कोईरालाको कमजोरीले होः महामन्त्री शर्मा

न्युज एजेन्सि नेपाल मंगलबार, आश्विन ३०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा आएको समस्या काँग्रेस सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईरालाको कमजोरीका कारण भएको बताउनुभएको छ ।

सोमवार पार्टी सभापति शेरबहादुर देउवासँग धुम्बाराहीमा पार्टी उपसभापति र महामन्त्रीहरुको छलफलपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा पार्टी सभापति र नेता कोईरालाको कमजोरीका बारेमा केलाएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले उहाँले गठबन्धनमा प्रतिवद्ध छाँै भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल, सभापति देउवा र नेता कोईरालाले बालुवाटारमा गरेको हस्ताक्षरयुक्त विज्ञप्तिप्रति आफूहरुको विमति रहेको बताउनु भयो । उहाँले गठबन्धनप्रति प्रतिवद्धता खोजिएको हो भने डा. शेखर कोईरालाले एक्लै वक्तव्य दिँदा पुग्ने अवस्थामा प्रधानमन्त्री र पार्टी सभापति देउवाको प्रतिवद्धता राम्रो नभएको बताउनु भयो । उहाँले काँग्रेसले संयमताका साथ कोशी प्रदेशको समस्याको हल खोज्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले सभापतिको कमजोरी पनि केलायौँ, डा. शेखर कोईरालाको कमजोरी पनि केलायौँ । अब के गर्ने भन्ने सन्दर्भमा हामीले कुनै निस्कर्षसहित निर्णय त गरेनाैँ। व्यक्तिगत दृष्टिकोण भन्दै गर्दा केदार कार्की काँग्रेसको नेता हुन् । नेविसंघका नेता हुन् । एक खालको बिद्रोह भयो, त्यसलाई सम्बोधन गरेर जाने वातावरण भइरहेको छ । विश्वासको मत दिएर जानुपर्छ । कोशी प्रदेशमा जाने तर हामी महामन्त्रीको के कुरामा असहमति हो भने त्यो चिर्कटोमा सही गराए नि । सम्माननीय प्रधानमन्त्रीले, पार्टीका सभापतिले हस्ताक्षर गर्नुभएको छ, डा. शेखर कोईरालाले हस्ताक्षर गर्नुभएको छ, त्यो के हो चिर्कटो । किन हामीले विमति राख्यौँ भन्दा प्रधानमन्त्रीले जसले गठबन्धनको नेतृत्व गरिरहनुभएको छ, सरकारमा बसेर उहाँले गठबन्धनप्रति प्रतिवद्ध छु भनेर वक्तव्य दिइरहनु पर्छ ? गठबन्धनको सबैभन्दा ठूलो दलको सभापतिले गठबन्धनप्रति प्रतिवद्ध छौँ भनेर वक्तव्य दिइरहनु पर्छ ? गठबन्धनप्रति प्रतिवद्धता खोजिएको हो भने डा. शेखर कोईरालाले एक्लै वक्तव्य दिँदा पुगिहाल्थ्यो नि । यो कुरामा असहमति हो । कोशी प्रदेशमा आएको समस्या सभापतिको कमजोरी र अर्का नेता शेखर कोईरालाको कमजोरी र संस्थागत प्रक्रियालाई ख्याल नगर्दा समस्या आएको छ, यसको हल खोजेर जानुपर्छ । काँग्रेसले संयमताका साथ कोशी प्रदेशको हल खोज्नेछ ।’

महामन्त्री शर्माले केदार कार्कीलाई काँग्रेसले विश्वासको मत दिनुपर्ने बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com