About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा

दुर्गा प्रसाद काफ्ले बुधबार, आश्विन १७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिका विकासको पुर्वाधारहरुमा अब्बल हुँदै गएको बताएका छन् । उनले स्थानीय सरकार आएपछि हरेक क्षेत्रको विकासमा निकै फड्को मारेको बताए । अध्यक्ष थापाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक विकास निर्माणका काममा उल्लेखनीय विकास भएको जिकिर गरे । मानव अधिकारको दृष्टिकोणबाट नमूना गाउँपालिका घोषणा कार्यान्वयनको वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

मानव विकास सुचाङ्कमा सबै भन्दा पछाडी परेको विजयनगर गाउँपालिका छाेटाे समयमै तीव्र विकासले अहिले हेर्ने लायक भएको उनको भनाई छ । मानव अधिकारमैत्री नमूना गाउँपालिका कार्यान्वयनमा सिङ्गो गाउँपालिका परिवार लागेको उनले बताए । आन्तरिक स्रोत साधन सिमितका बावजूद समृद्ध विजयनगर बनाउन यहाँका जनप्रतिनिधि लागिपरेहेको उनले बताए । भौतिक पुर्वाधार विकास निर्माणका कामलाई निरन्तरता दिँदै यस चालु आर्थिक वर्षमा सामाजिक विकासलाई प्राथमिकता दिएको उनले जनाए । शिक्षा र स्वास्थ्यमा गाउँसभाबाट सबै भन्दा बढी बजेट विनियोजन गरेको उनले बताए । स्थिानीय सरकार आएपछि गाउँपालिकामा प्राविधिक शिक्षा सञ्चालन गर्नुको साथै दूधाधारी माविलाई नमुना विद्यालय बनाउन सफल भएको बताए ।

विजयनगरमा क्याम्पस सञ्चालन गर्ने तयारी समेत भइरहेको उनले उल्लेख गरे । चौतर्फी विकासमा गाउँपालिकाले आवश्यकता अनुसार प्राथमिकीकरण गर्दै अगाडी बढिरहेको बताए । स्वास्थ्य सेवामा ९० प्रतिशत नागरिकको पहुँच भएको दावीसमेत गरे । यस वर्षदेखि खानेपानी तथा पूर्ण सरसफाई अभियान कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै गाउँपालिकाभित्र ओभरहेड खानेपानी ट्याङ्की सञ्चालनमा नआएसम्म शुद्ध, स्वच्छ पिउने पानीका लागि ५० प्रतिशत अनुदानमा गाउँपालिकाबासीलाई बायो–स्याण्ड फिल्टर वितरण गरिरहेको अध्यक्ष थापाले जनाए । विजयनगरको आन्तरिक स्रोतको न्युन रहेकाले विकासमा समस्या भए पनि प्रदेश र संघीय सरकारमा पुगेर पहल गरिरहेको उनले बताए ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले नागरिक सेवा प्रवाह सहज भएको बताएका छन् । गाउँपालिकाका हरेक सार्वजनिक सूचनाहरु प्रवाह भइरहेको बताउँदै नागरिकका घरघरमै सञ्चारको माध्यम लगायत माध्यमबाटसमेत सूचना प्रवाह गरिरहेको बताए । विद्यार्थी संख्या बढाउन साइकल र शैक्षिक सामग्री वितरण र वडा नम्बर ७ मा विद्यालयमा विद्यार्थीको संख्या बृद्धि गर्न ‘क्याचअप’ कक्षा सञ्चालन गरिएको बताए । उनले मदरसालाई शिक्षाको मूलधारमा ल्याउन आवश्यक रहेको बताउँदै गाउँपालिकाले पहल गरिरहेको बताए ।

गाउँपालिकाले हरियाली प्रवद्र्धन, ताल पोखरी संरक्षणमा समेत जोड दिएको उनले बताए । दिगो विकासलाई मध्यनजर गर्दै बजेट विनियोजनमा संवेदनशील भएको बताउँदै पूर्ण सरसफाई अभियानलाई निरन्तरता दिइएकोले नीतिगत व्यवस्था बनाएर अगाडी बढिरहेको उनले बताए । उनले विजयनगरलाई साक्षरता अभियानलाई निरन्तार दिने बताउँदै लक्षित वर्गलाई गाउँपालिकाले शुल्क घटाउने सोचमा बनाएको बताए । गाउँपालिकाको हरेक गतिविधि पारदशी रहेको जोठ दिँदै सार्वजनिक सुनुवाई नियमित रुपमा हुँदै आएको उनले बताए ।

इन्द्रेणी ग्रामीण विकास केन्द्रकाे सहकार्य, आइएम स्विडिस डेभलपमेन्ट पार्टनरकाे सहयोग र जुरी-नेपालकाे प्राविधिक सहयोगमा मानव अधिकारको दृष्टिकोणबाट नमूना गाउँपालिका घोषणा कार्यान्वयनको वार्षिक समिक्षा तथा अन्तरक्रियालाई जुरी-नेपालका अधिवक्ता विष्णु प्रसाद पाेख्रेल र बालमाया विश्वकर्माले सहजीकरण गरेका थिए । विजयनगर गाउँपालिकाकाे सार्वजनिक जवाफदेहीता प्रवर्द्धन सम्बन्धी कार्यविधि र स्थानीय तहकाे लागि लक्षित वर्ग केन्द्रित बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी नमूना विधेयककाे बारेमा सहजीकरण गरिएको हाे ।

कार्यक्रममा सहभागी सराेकारवालाहरुले मानव अधिकारमैत्री नमुना गाउँपालिका घाेषणा कार्यान्वयनका विषयमा सल्लाह-सुझाव सहित आ-आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com