About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
मुल्यवृद्धिको विरुद्ध गर्दै ने.विसंघद्धारा सैनामैनामा विरोध प्रदर्शन

प्रिया अधिकारी आइतबार, आश्विन १४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कञ्चन ।सरकारले पेट्रोलियम पदार्थ तथा ग्यासमा मुल्य वृद्धि गरेको भन्दै सैनामैनामा नेपाल विधार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस  इकाई समितिको नेतृत्वमा सैनामैनामा  जनता मार्ने खेल बन्द गर,अरु हामी जान्दैनौ,मुल्य वृद्धि चाहादैनौँ जस्ता नारा लगाई विरोध  सभा सम्पन्न गरेको छ।  मुल्यवृद्धि विरोध कार्यक्रममा  करिब २५ मिनेट चक्का जाम र केही समय सार्वजनिक सवारी साधन ठप्प भएको थियो ।

जनता मार्ने खेल बन्द गर,अरु हामी जान्दैनौ,मुल्य वृद्धि चाहादैनौँ जस्ता नारा लगाएका थिए ।आर्थिक मन्दीका कारण जनजिवन कष्ठकर भएका बेला जनताको ढाड सेक्ने गरि भएको मुल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरिएको नेपाल विधार्थी संघका केन्द्रीय सदस्य किरण तिवारीले बताएका छन् ।

जनताको मर्म विपरित अहिलको सरकार लागेको सहिद नारायण पोख्रेल रामापुरका स्ववियु सभापति तथा ने.वि संघ जिल्ला सचिब मनोज बेल्बासेले बोलेका छन् । गरिब परिवारका छोराछोरी अध्ययनका लागी भाडा तिरेर स्कुल तथा क्याम्पस जाने गर्छन तर सरकारले बढाएको मुल्य वृद्धिका कारण विधार्थीहरुले चर्को भाडा तिर्नुपर्ने अवस्था सिर्जना भएकाले फिर्ता नभए आन्दोलनलाई सशक्त गराउने चेतावनी बेल्बासेले दिएका थिए ।

आम जनतालाई विधार्थीको पक्षमा नेवि संघ उभिदै आएको सभापति मौसम थापाले बताएका छन् ।सरकारकोे राम्रो पक्षलाई सराना गर्ने र जनविपरित कामको विरोध गर्ने भन्दै तत्काल मुल्यवृद्धि फिर्ता गर्न आग्रह नेवि संघ सहिद पोख्रेल रामापुर क्याम्पसका इकाई सभापति थापाका भनाई छ।कार्यक्रम सैनामैना ६ कलौनी स्थित पुर्वपश्चिम राजमार्गमा भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com