About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान

प्रिया  अधिकारी शुक्रबार, आश्विन १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

रुपन्देही -लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा गत असोज ५ गते बुटवलमा अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा  जिल्लाका २० सहभागी क्याम्पसहरुलाई पछि पार्दै  जिल्ला  प्रथम  हुन सफल रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोखरेल रामापुर  क्याम्पसले उक्त   प्रतियोगितामा सहभागि भइ प्रथम स्थान हासिल गर्न सफल  क्याम्पसका विद्यार्थीहरु अमिसा गौतम, प्रशिद्ध भट्टराई र शुक्रराज शर्मालाई  आगामि दिनमा प्रदेश र केन्द्रमा हुने कार्यक्रममा पनि सहभागी भएर सफल हुन र क्याम्पसको नाम राख्न पोखरेल रामापुर क्याम्पसले   एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सम्मान गरेका छ ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख हेम बहादुर थापाले विद्यार्थीहरुको मेहनतले यति ठुलो सफलता हात पार्न सफल भएकोमा खुसी व्यक्त गर्दै तिनै जना विद्यार्थीलाई धन्यवाद दिनुका साथै आगामी दिनमा अन्य विधाहरु साहित्य, गायन, नृत्य, खेलकुद क्षेत्रमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यस्तै सफलता हात पारी क्याम्पसको नाम राख्न विद्यार्थीहरु लागी पर्ने भन्दै   आफुले त्यो सपना देखेको बताउनुभयो । त्यसै गरि  उप प्रध्यापक प्रकाशमणी खनाल र प्रध्यापक यदुलाल पन्थले  जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा भाग लिएर क्याम्पसको नाम र जिल्लामा रेकर्ड राख्न सफल भएको भन्दै सहभागि विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै  आगामी दिनको थप सफताको शुभकामना दिनु भएको थियो।

क्याम्पसका उप प्रध्यापक प्रकाश आचार्यको अध्यक्षता, क्याम्पस प्रमुख हेमवहादुर थापाको प्रमुख आतिथ्यता र  गणेश पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रम क्याम्पस सभाहलमा  अपेक्षा तिमिल्सेना र सोविता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com