About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

प्रकाश न्यौपाने शुक्रबार, आश्विन १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट–७,जिमिरेभार निवासी निराजन देवकोटाको पहिलो सांगीतिक कोशेली ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी आज सार्बजनिक भएको छ ।

निरज देबकोटा युटूब च्यानलबाट आइतवार दिउसो ४ बजे गित सार्बजनिक भएसंगै देवकोटाले बर्दघाट प्रेस क्लबमा आएर आफ्नो गितका बारेमा पत्रकारहरुलाई गितको संक्षिप्त जानकारी सहित आफु संगितमा प्रवेश गर्नुको कारणका बारेमा जानकारी गराएका थिए ।

एम.बि.बि.एस अध्ययनरत निराजन देवकोटाले ’मुसुक्क मिठो हाँसो मायाको‘’ लोक दोहरी लिएर नेपाली लोक सांगीतिक क्षेत्रमा आधिकारिक रुपमा आफुले पहिलो पाइला अघि बढाएको पत्रकारहरु समक्ष जानकारी गराएका थिए ।

लोकप्रिय गायिका समिक्षा अधिकारीसंग नवोदिप गायक तथा सर्जकका रुपमा निराजन देवकोटाले आवाज दिएको ’मुसुक्क मिठो हाँसो मायाको‘’ लोक दोहरीमा लय तथा शब्द देवकोटा कै रहेको छ । त्यसैगरी गितको भिडियोमा लोमश शर्मा र अस्मिता रणपालको अभिनय रहेको देवकोटाले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

वरिष्ठ म्युजिक भिडियो निर्देशक कुमार के.सी.द्वारा निर्देशित भिडियोको छायाँकन अजय रेग्मीले ,सम्पादन अमृत चापागाईंले गरेको जानकारी गराएका थिए । एक प्रेमिल जोडीले एक आपसमा मुस्कानलाई प्रतीक मान्दै प्रशंसा गरेको भावलाई रमाईलो किसिमले आफुले गीतमा प्रस्तुत गरेको देवकोटाको भनाइ रहेको थियो ।

सानै उमेर देखि गीत संगीतप्रती पनि विशेष रुचि राख्ने र घरपरिवारको साथ र सहयोगका कारणले पनि आफुले संगितलाई छोड्न नसकेको देवकोटाको भनाई रहेको थियो । चिकिस्साक्षेत्रमा पनि सांगितीक थेरापीकारुपमा लोक संगितलाई अघिबढाउन सकिने धारणा दिदै गायक देवकोटाले आफुले चिकिस्साक्षेत्र र सांगितिकयात्रा संगसगै अघि बढाउने प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com