About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

सुरेश यादव शुक्रबार, आश्विन १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ मा विद्युतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामग्राम ७ उजैनी निवासी जय प्रकाश यादवले बाटोमा रहेको पोलको बत्ती निभाउन जाँदा करेन्ट लागेर मृत्यु भएको हाे ।
स्थानियका अनुसार उक्त विद्युत खम्बामा स्मार्ट लिङ्क वाईफाईको तार हाई टेन्सनको तारमा टासिन गएर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकाररी रेशम वाेहराले जानकारी दिनुभयाे ।

पोलमा लुत्रिएको अवस्थामा रहेकाे स्मार्ट लिङ्क वाईफाईकाे हई टेन्सन उक्त तारमा छाेईएकाले पाेलकाे बत्ती निभाउने क्रममा छुईन पुग्दा यादवको मृत्यु भएको प्रत्यक्ष दर्शीले जनाएका छन् । नगरभित्र यसरी लुट्रिएको अवस्थाका तारहरु धेरै रहेकोले सम्भाबित दुर्घटना प्रति सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।

विद्युत खम्बामा लुत्रीएको तारमा दोषी नेपाल बिधुत प्राधिकरण वा कस्को लापरबाहीले यसरी हुन गएको हो भन्ने बारे अनुसन्धान गरी तत्काल कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउन स्थानियले माग समेत रहेका छन ।
मृत्यु भएका यादव सिदार्थ बैंक परासी शाखामा गार्डको काम गर्दै आएका थिए । घटना आज बिहान करिब ६ बजेर ३० मिनेटमा भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com