शुक्रबार आज सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिका उपध्यक्ष प्रभुलाल मौर्यले वनको संरक्षण, संबद्र्धनमा समितिका सम्पूणर् पधाधिकारी तथा सदस्यको महत्वपूणर् योगदान रहेको बताए । उनले आगामी दिनमा वनको चौतर्फी विकासमा सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रदेश सभा सदस्य खड्ग बस्नेतले वनको संरक्षण केवल केही व्यक्तिले मात्र गरेर नहुने भन्दै सबैको साझा दायित्व भएको बताए । प्रदेश सरकारले वनको संरक्षण, संवद्र्धनमा विशेष चासो दिएको र मुलपानी सामुदायिक वनलाई आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिवद्धता व्यक्त गरे । । यस्तै मुलपानी सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले आफ्नो कार्यकालमा भए गरेका कार्य प्रगति बिवरणको बारेमा उल्लेख गरे । उनले वनका सम्भावना तथा अवसरहरु उल्लेख गर्दै वन संरक्षण, सम्बद्र्धन तथा बदलिदो जलवायु परिवर्तनका लागी सबै सरोकारवालहरु र उपभोतmाहरु एकजुट हुन अपिल गरे । कार्यक्रममा वन समुहका लेखा संयोजक यम नारायण लम्सालले लेखा संयोजकको प्रतिबेदन प्रस्तुत गर्नु भएको हो । कोषाध्यक्ष अवधेश कुमार यादवले कोषाध्यक्ष प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए त्यसै गरी बन समुहकी सचिव समिक्षा सिंजापतीले २०७९,८० को बार्षिक प्रगति प्रतिवेदन तथा सन्चालन गर्नभएको हो । मुलपानी वनको प्रंगणमा सम्पन्न भएको थियो ।