About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।

दर्पण पोष्ट मंगलबार, आश्विन ०९, २०८० मा प्रकाशित

featured photo: Darpanpost

परासी  । रामग्राम नगरपालिका कर्मचारीले  नियम विपरीत एक दिनमा तीन तीन पटक बैठक भत्ता लिएको पाईएको छ । भत्ताको नाममा लुटतन्त्र मचेको छ । नवलपरासीको सबै भन्दा पुरानो नगरपालिका भएपनि लुटतन्त्र भने कम भएको छैन । नगरको  मुल्यांकन  समितिमा  एक दिनमा तीन तीन पटक बैठक भत्ता रामग्राम कर्मचारीले लिएको खुलेको छ  । नगरपालिकामा कर्मचारी नियम बिपरित भत्ता खाएको बारे  व्यापक रूपमा चार्चमा आएको छ । अनियमितता भएको बारेमा कार्यपालिको बैठकमा समेत कुरा उठेपनि तै चुप मै चुप हुनको  पछाडी केही रहश्य छ की ? भन्ने कुरा केही ईमन्दार वडा अध्यक्षहरुले कुरा निकाले पछि बहिर आएको हो ।   नियमले दिनमा एक पटक बैठक भत्ता लिन मिल्ने प्रवाधान रहेकोले मुल्यांकन  समितिका कर्मचारीले  नियम विपरित एक दिनमा तीन तीन पटक बैठक भत्ताको रकम  लिएको पाईएको परासीमा आयोजित पत्रकार सम्मेलमा वडा न १५ का वडा अध्यक्ष एव लेखा समितिका संयोजक धनपत यादव बताए । मुल्यांकन समितिमा संयोजक प्रमुख प्रशासकिय अधिकृत, २ लेखा र २ प्रबिधिक ईन्जिनियर कर्मचारी सदस्य छन् ।

उनले भने मुल्यांकन छनौट समितिका कर्मचारीले नियम विपरीत बैठक भत्ता लिएको र जनताकोे कर तिरेको  रकम  भएकोले कर्मचारीले उक्त  रकम तुरुन्त फिर्ता गर्नुपर्छ । रामग्राम नगरपालिका बेथिती मै डुबेको छ । यती धेरै बेथिती छ कि कुरा नगरौ फेरी आफ्नै पालिका हो मेयर ज्यु लाई बेथितीको बारेमा पटक पटक औगत गरएको तर सुनवाई भएको छैन  ।

No description available.

दिनमा जतिपटक मुल्यांकन  समितिका बैठक बसे पनि एक पटकमात्र बैठक भत्ता लिन मिल्ने नियम रहेकोले यहाँ त एक नियम विपरीत दिनमा तीन पटक बसेको मुल्यांकन  समितिको बैठक भत्ताको रकम कर्मचारीले तीन पटक लिएको देखिएको  पत्रकार सम्मेलनमा  १५ का वडा अध्यक्ष एव लेखा समितिका संयोजक यादवले जानकारी दिए । उनको अनुसार मुल्यांकन  समितिको बैठक बसी गत आर्थिक बर्षमा करिब लगभग २५ लाख बैठक भत्ता खाएको लेखा समितिका संयोजक यादवले बताए । उनले उपसचिव सरहको पनि तल्लो तहको कर्मचारी मुल्यांकन  समितिको बैठकको बैठक भत्ता खाएको देखिएको आरोप लगाए ।जसमा उपसचिव १५ सय र अन्य कर्मचारी एक हजार रूपैयाँ पाउने नियम प्रवाधान रहेको यादवको जानकारी दिए ।

शनिबार बिदाको दिन पनि  र हाजिर नभएको दिनको पनि कर्मचारीले बैठक भत्ता खाएको पाईएको यादवले बताए । लेखा समितिको बैठक बसी के कति रकम खर्च भएको र कुन शिर्षकमा कति रकम खर्च भएको तथा मुल्यांकन समितिको सदस्यहरू नाम र के कति रकम लिएको लेखाप्रशासन संग माग गर्ने  लेखासमिति निणर्य  गरेको समेत लेखा समितिका संयोजक यादवले बताए । माग गरेको  ६ माहिन बितेको छ तर कति रकम कस्ले लियो  सुचना  पाइएको छैन । नवलपरासीको रामग्राम नगरपालिका उद्योगको हब भएपनि बेरोजगरी समस्य त्यसतै छ । नामको मात्र उद्योग हब हो । उद्योग लाई करको दायरमा ल्याउनु पर्छ तर मेयर ज्युले कर बारे केही बोल्नु हुन्न्  अन्तरिक राजश्व बढाउनमा ध्यान छैन । बिना कुनै निणर्ाय कर्माचरी भर्ना, टेण्डर बिना नै बालुवाको बाध ,करोडौको एस्काभेटर खरिद ,अनुसन्धान नै नगरी बिज्ञाहरुको भर्ना जस्ता काममा ध्यान रामग्रामको चौतर्फी आलोचना भएको  वडा ११का  वडाअध्यक्ष धनिराम यादवले बताए ।

यसरी नियम मिचेर र अनिमित तरिकाले खाएको र जनताको करको रकम भएकोले  उक्त रकम कर्मचारीहरूले तुरुन्त फिर्ता गर्न रामग्राम नगरपालिकाका वडा ११का  वडाअध्यक्ष यादवले बताए । यसरी नगरपालिकामा आर्थिक अनियमितता हुदाँ समेत नगरप्रमुख धनपत यादव मौन बसेको वडा ११का  वडाअध्यक्ष  यादवको भनाई छ ।  मुल्यांकन समितिमा बसेका कर्मचारीले एक दिन तीन पटक बैठक भत्ता लिएको आलेपमा  देखिएको रामग्राम नगरपालिकाको आलेपा रामसुवास गुप्ताले स्विकार गरे । नियमले  एक दिनमा एक पटक बैठक भत्ता लिन पाईन्छ तर मुल्यांकन समितिका कर्मचारीहरू एक दिन तीन पटक बैठक भत्ता लिएको देखिएकोले उक्त कर्मचारीबाट रकम फिर्ता गर्न लागाईएको आलेपा गुप्ताले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com