About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
तस्करीको नाईकेको समान बरामद

दर्पण पोष्ट आइतबार, आश्विन ०७, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी ।नवलपरासीको तस्करको नाईकेको समान नेपाल प्रहरीले बरामद गर्दा नवलपरासीको सिमा क्षेत्रमा खैलाबैल माचेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कामाण्डुमा खटीएको प्रहरी टोलीले मिति २०८०।०६।०५ गते राति ११ः३० बजेको समयमा नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा नं ६ गुजरवाटोल स्थितमा भुजहवाबाट परासी तर्फ आउदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर भित्र भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला÷चावी, कालो पेन, फुल स्प्रे पेंटिङ्ग ब्रस, एरबड, पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान र कन्टेनर अन्दाजी मुल्य रु.१९ लाख बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्य बराबरको मालसामान र सवारी चालक सहित प्रहरीले नियन्त्रणमा लिनु । ठुलो मात्रमा समान बरामद भएकोले सिमा क्षेत्रमा केही समयको लागी तस्करी ठाप्प भएको छ । सशस्त्र प्रहरीले गराउदै आएको तस्करी नेपाल प्रहरीले अबैध समान बरामद गर्दा लाज पाचउनको लागी भुजहवा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरिक्षक प्रेम कार्की लाई सशस्त्र प्रहरी बल २६ नम्बर गणमा तानिएको भुजहवाका एक स्थानिय बताए ।
सशस्त्र प्रहरी कामै छैन तस्करी गराउन मात्र काम मात्र गर्छन । सानो व्यपारीको एक दुई बोरा चिनी र मल समातछन तर ट्रका ट्रक समान समातिदैन्न उता नेपाल प्रहरी दैनिक रुपमा अवैध समान ट्रका ट्रक पक्राउ गरेको देखिन्छ एक कपडा ब्यापरीले भने । नत्रभने यत्रो ठुलो मात्रमा कन्टेनरमा समान आउनुको पछाडी केही छ की ? यो कन्टेनरमा सधै तस्करी करोबार भैरहेको थियो आजा मात्र पक्रियो यो कन्टेनर त बिरेन्द्र यादवको त हो अझै एउट कन्टेनर छ जसमा तस्करीको समान आउछ एक स्थानिय बताए ।
सुरक्षा श्रोतका अनुसार बानकट्टी ,बसहिया र भजहवामा चामल तस्करी गर्ने गरेका छन् । उनीहरुले सीमा क्षेत्रबाट भारतीय चामल ल्याउने र त्यसलाई नेपालमा गोदाम गर्ने गर्दछन् । सीमा क्षेत्रको गाँउ भुजहवा , बानकट्टी र बसहियामा ,घरेलु तथा साना उद्योग र कर कार्यालयमा गल्ला भण्डार दर्ता गरेका छन् । जसबाट उनीहरुले प्यान बिल तथा अनलाईन गरी परासी , बर्दघाट बुटवल, भैरहवा तथा काठमाण्डौ पठाउने गरेको बताइन्छ । यी सबै गतिविधिलाई नजिकबाट देखिरहेको सशस्त्र प्रहरीले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न सीमाका गौँडा–गौडामा तैनाथ सशस्त्रको फौज आफैँ तस्करसँग मिलेमतोमा चामल छिराउन लागेपछि संस्थागत तस्करी बढेको स्थानीय बताउँछन् । यो समयमा सबै भन्दा बढि नवलपरासीको तस्करीको नाईके भनेर चिनिने बनकाट्टी र बसहिया नाका बाट गोरख बानियाको र भुजहवा र हराकपुरा नाका बाट मनोहर यादवको सबै भन्दा बढि तस्करी गर्ने तस्करको रुपमा चिनिने गर्छन ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा एसपी काजी कुमार आचार्य सरूवा भएसंगै यहाँको तस्करी धन्दा ठाप्प रोकिएला भन्ने विश्वास गरिएको थियो । तर ठाप्प नभएपनि तस्करी कम भएको देखिएको छ एक ब्यापरीले बताए । एसपी काजी कुमार आचार्यलाई प्रहरी संगठनको ईमान्दर र विश्वासिलो एसपीको को रुपमा गन्ने गरिन्छन त्यही करणले होला एक सय दिनको अन्तरलमा २ करोड भन्दा माथि अवैध समान बरामद गरि राजश्व उठाएको छ । नवलपरासीमा तस्करी नरोकिनुको पछाडी सशस्त्र प्रहरी एसपी हात देखिन्छ सिमामा सशस्त्र प्रहरी चाहनेको भने केहि छिर्दैन सिमा सुरक्षा सशस्त्र प्रहरीको नाम मात्र छ । यता शसस्त्र प्रहरी बल २६ नम्बर गणका एसपी धिरेन्द्र राज न्यौपने भन्छन हामी सिमा क्षेत्रमा चुष्तदुरुस्त काडई गरेका छौ तस्करी भएको छैन ।
तर महेशपुर भन्सार श्रोतका अनुसार सबै भन्दा बढि अवैध समान नेपाल प्रहरीले बरामद गरि बझएको छ । सशस्त्र प्रहरी एक दुई बोरा अवैध समान बरामद गरि ल्याउने गरेको छ । संख्याको अधारमा धेरै र मुल्यको अधारमा कम मुल्यको समान सशस्त्र प्रहरीले बुझाउने गरेको र संख्याको अधारमा थोरै र मुल्यको अधारमा बढि मुल्यको समान नेपाल प्रहरीले बझाउने गरेको एक महेशपुर भन्सारका कर्माचरीले बताए । शसस्त्र प्रहरीको तस्करीको लाईन किलियर छ तर नेपाल प्रहरीको एसपीले तस्करी गर्नको नमानेकोले तनावछ हेर्न भएन तस्करी गर्ने कन्टेनर नै नेपाल प्रहरीले समातेको छ भुजहवा एक तस्करीले स्वायम भने ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com