About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
४६ लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद

सुरेश यादव शनिबार, आश्विन ०६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी ।पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलीले मिति २०८०।०६।०५ गते राति ११:३० बजेको समयमा नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं ६ गुजरवाटोल स्थितमा भुजहवाबाट परासी तर्फ आउदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर भित्र भन्सार छली अबैध रुपमा ल्याउदै गरेको अन्दाजी २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला/चावी, कालो पेन, फुल स्प्रे पेंटिङ्ग ब्रस, एरबड, पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान र कन्टेनर अन्दाजी मुल्य रु.१९ लाख बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्यय बराबरको मालसामान र सवारी साधन चालक नवलपरासी जिल्ला सरावल गा.पा. ५ धनगढवा बस्ने बिशाल थारु सिहत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायब निरिक्षक रेशम बाेहराले जानकारी दिनुभयाे ।

बरामद सामान, कन्टेनर र चालक समेतलाइ आवश्यक कारवाहीको लागि आज भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com