About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
महासमिति बैठकलाई भव्य र सभ्य बनाउनेबारे केन्द्रिय समितिमा छलफल

न्युज एजेन्सी नेपाल शुक्रबार, आश्विन ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।बिहीवारदेखि पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको काँग्रेस केन्द्रिय कार्यसमिति बैठकमा शुक्रवार पनि नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकमा ३० जना भन्दा बढी नेताहरुले बैठकको एजेण्डा अनुरुप धारणा राख्नुभएको काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले बताउनु भयो । नेताहरुले अगामी महासमिति बैठकलाई भव्य र सभ्य कसरी बनाउन सकिन्छ भन्ने सम्बन्धमा आफ्नो धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी आन्दोलनरत शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्ने सन्दर्भमा पनि नेताहरुले धारणा व्यक्त गरिरहेका उहाँले बताउनु भयो । काँग्रेस केन्द्रिय कार्यसमिति बैठकमा बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने सन्दर्भमा पनि नेताहरुले धारणा राखिरहेका उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – ‘मुख्य प्रश्ताव नेपाली कांग्रेसको नीति महाधिवेशन गर्ने भनिएकोमा महासमितिको बैठक गरिने भएको छ । महासमितिको बैठकलाई भव्य र सभ्य कसरी बनाउने भन्ने सम्बन्धमा नै केन्द्रिय सदस्यहरुको आफ्नो ध्यान केन्द्रित गरेर आफ्नो विचारहरु प्रश्तुत गर्नुभएको छ । दोस्रो प्रश्ताव नेपाली काँग्रेसका पूर्व निर्धारित कार्यक्रमहरु कार्यान्वयन गर्ने शिलशिलामा के कति प्रभावकारी भए भन्ने बारेमा समिक्षा चलिराखेको छ । र, सँगसँगै समसामयिक विषयमा अहिले मुलुकमा देशैभरका शिक्षकहरु आन्दोलित हुनुहुन्छ, शिक्षकका हक, अधिकारहरु, शिक्षकका आफ्ना पेशा, व्यवसायलाई प्रतिष्ठित बनाउने विषयमा उहाँहरु सडकमा हुनुहुन्छ, यो अत्यन्त असहज परिस्थिति हो । देशभरका विद्यालयहरु बन्द छन् । शिक्षकहरु सडकमा छन् । त्यसैले शिक्षक र सरकारबीचमा वार्ता चलिराखेको छ । यो बैठकमा वार्ताका बारेमा, शिक्षकका समस्याका बारेमा र समाधानका उपायका बारेमा पनि छलफल चलिराखेको छ भने अहिले मुलुकमा विद्यमान विभिन्न आर्थिक मन्दीको परिस्थिति छ । यस्तो बेलामा महंगी बढेको छ । हरेक नागरिकका चुल्होहरु महंगो बनेका छन् । यि विषयमा पनि नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक केन्द्रित भएको छ । केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ । हिजो १२ जना केन्द्रिय सदस्यले आफ्नो धारणा राख्नुभयो भने अहिले म बोल्दैगर्दा ३० जनाजति केन्द्रिय सदस्यहरुले आफ्नो विचार व्यक्त गरिसक्नुभएको छ ।’

विश्वकर्माले काँग्रेस केन्द्रिय कार्यसमिति बैठक अझै केही दिन चल्ने बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com