About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
अशेष डंगोलले नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकामा “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन

दर्पण पोष्ट शुक्रबार, आश्विन ०५, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडाैं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin मा “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेकाे छ ।

गत भाद्र २९ गतेदेखि भाद्र ३० गते सम्मसम्म चलेकाे कार्यक्रममा अशेष डंगोलले हेडलाइनर भएर सानदार रूपमा प्रस्तुत गरेका थिए ।

अशेषले योभन्दा पहिला पनि धेरै अन्तराष्ट्रिय संगीत महोत्वसवमा हेअद्लाइनर भएर आफ्नो प्रस्तुत गरिसकेका छन् ।

आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा उहाेरात्र रूपमा पाइला राख्दै आएका “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” उपनाम सन् २०१० सालमा नर्वेजियन र जर्मन मिडियाद्वारा “हिमालयन हेंड्रिक्स” दिएकाे थियाे ।

साे कार्यक्रममा नेपालकाे माैलिक तालमा आधारित अशेषले रचना गरेका इन्सर्च टुवार्डस् फ्रिडम, जात्रा भाइव, कस्मिक भाइव तथा आफ्नाे छाैठाें एल्बमका गीतहरू पनि प्रस्तुत गरेका थिए ।

“बेस्ट द् याम् ब्लुज फेस्टिबल” स्वर्गीय बी.बी. किंगको जन्मदिनकाे अवसरमा अल स्टार ज्याम प्रस्तुत गरि अन्त्यमा अशेषको गितारको धूनबाट सम्पन्न भएकाे थियाे ।

साे ब्लुज महाेउत्वसमा Mighty Miss Erica & The Sound Production, Leroy Airmaster feat: Junior Brantley, Lil’ Ed & The Blues Imperials, Westside Andy, Andrew Alli, Steve Vonderhaar w/Rev Raven & The Chain Smokin’ Altar Boys, Pierre Lee’s MKE All Star Band, The Wilson Family Band, Ashesh Dangol “The Himalayan Hendrix”, Mike Wheeler w/The Chicago Diamonds, DKieran Harrell, BB King’s Birthday Blast feat: Billy Flynn, Stephen Hull, Paul Stilin, Gervis Myles & more!, Set Breaks, The River side Revival, Cameron Webb & The Marke blues band ब्याण्ड सम्मिलित रहेका थिए ।

अल स्टार ज्याममा अमेरिकाका सुप्रशिद्ध ब्लुज कलाकारहरुको सहभागीता रहेको थियाे । अशेष डंगोललाई ब्यास गितारमा थॊम लामा अनि ड्रम्स बाजामा साजन महर्जनले साथ दिनु भएकाे थियाे भने म्यानेजरको भूमिका पिउश दाहालले गर्नु भएको थियाे ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com