About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

गोकर्ण पाण्डे सोमबार, आश्विन ०१, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी।तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक गरिएको छ।श्रावण २७ गते देखि भाद्र २९ सम्म सन्चालन भएको तिज नृत्य प्रतियोगिता अन्लाईन मार्फत नै नतिजा घोषण गरिएको हो। ६० जना कलाकारहरुको सहभागीता रहेको प्रतियोगितमा रुपन्देही देवदहकी कविता न्यौपानेले प्रथम स्थान हासिल गरेकी छन्। यस्तै प्रतियोगितामा रुपन्देहीकि मणिकरामकि बिशाखा भुसाल ले दोस्रो स्थान हासिल गरेकी छन्। राम राम वारि आमा समुह सत्यवती गाउँपालिका वडा न १ गुल्मी ले तेस्रो स्थान हासिल गरेको छ। यस्तै प्रतियोगितामा रुरु ६ रुमुवाकी अङकिता पौडेल र रुरु २ कै दृष्टि परियारले चौथाे स्थान हासिल गरेका छन्।                                                                नतिजा सार्वजनिक गर्दै रुरु धार्मिक सेवा संचार प्रा लिका सन्चालक तथा कार्यक्रम संयोजक चुरामणि तिमिल्सिनाले केही समय पछी उत्कृष्ट प्रतिभालाई कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गर्ने , सहभागी सम्पुर्ण लाई प्रमाणपत्र प्रदान गरिने विभिन्न क्षेत्रमा सहयोग गर्नु हुने सम्पुर्ण लाई धन्यवाद समेत व्यक्त गर्नु भयो। अध्यक्ष तिमिल्सिनाले आगामी वर्ष देखि अन्लाईन कार्यक्रम नगरी प्रत्यक्ष रुपमा समेत कार्यक्रम गरिने बताउनु भयो।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com