About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

प्रेम क्षेत्री शनिबार, भाद्र ३०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गैँडाकोट,  । तीजका बेला घर–घरमा जम्मा भएर रमाइला एवं वेदनाका गीत गाउने चलन पुरानो हो तर संरक्षणका कुरा भने विरलै हुने गरेका छन् । यसपटक भने गैँडाकोटमा जल, जमिन र जंगलको महत्त्व दर्शाउन १३ वटा समूहले चेतनामूलक तीज गीत प्रस्तुत गरेका छन् । संरक्षण र पर्यावरणका विषयमा पेचिला सन्देश सहितका प्रतियोगितामा गैँडाकोटका १३ संरक्षणमुखी वन र खानेपानी संस्था÷समूहबीच घम्सा–घम्सी भएको थियो ।
केहीले ‘जताततै प्लटिङ बसेको छ बाँझो खेत, भोकमरीको चपेटामा पर्ने हो की देश’ भन्दै चिन्ता व्यक्त गरेका थिए । केहीले ‘हिरा, मोती, सुन फल्छ हाम्रो देशको माटोमा, अवरोध नपु¥याऔ है हिड्ने बाटोमा’ भन्दै सजग गराएका थिए । केहीले भने ‘जल, जंगल जमिनसँगै जोडिएको जीवन, सफा बनाऔँ, वातावरण स्वस्थ नै हो धन’ भन्दै सन्देश समेत दिएका थिए ।
प्रकृति संरक्षण तथा जैविक विविधताका लागि फेमिली क्याफे गैँडाकोट ४ मा भएको ‘जल, जमिन, जंगलको संरक्षण ः सफा र सुन्दर पर्यावरण’ विषयक तीज गीत प्रतियोगितामा जयश्री सामुदायिक वन प्रथम हुन सफल भएको छ । गैँडाकोट पम्पीङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था द्वितीय भएको छ । नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था तृतीय हुन सफल भएको छ । सान्त्वना पुरस्कार नारायणी सामुदायिक वनले प्राप्त गर्न सफल भएको छ । प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वनालाई ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको प्रतियोगिताका संयोजक एवं सहमतिका कोषाध्यक्ष तारादेवी शर्माले जानकारी दिनुभयो ।
समुदायलाई नै सक्रियता गराउन सहमति संस्थाको आयोजनामा हुन लागेको तीज गीत प्रतियोगितामा विजय एफएम १०१.६, गैँडाकोटका सामुदायिक वन र खानेपानी संस्था गरी एक दर्जन बढी संस्थाले सहकार्य गरेका थिए ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले पर्यावरण संरक्षणमा गरिएको सन्देशमूलक तीज गीत कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गीत तथा नाचका माध्यमबाट सूचना दिँदा मान्छेहरुले छिट्टै बुझ्ने भएकोले जल, जमिन र जंगलको संरक्षणसँगै सरसफाइ सम्बन्धी सचेतना फैलाउन तीज गीत प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, पूर्व नगर प्रमुख छत्रराज पौडेल समेत पुग्नुभएको थियो ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव, गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुषाल, जयश्री बनका अध्यक्ष टोलनाथ घिमिरेले वन र खानेपानी संरक्षणबारे भनाइ राख्नुभएको थियो ।


कार्यक्रममा सहमतिका पूर्व अध्यक्ष एवं गैसस महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद शर्मा, पूर्व अध्यक्ष करुणासागर सुवेदी, नगर प्राज्ञ प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष निर्मला कँडेल लगायतको उपस्थिति रहेको थियो ।
सहमतिका उपाध्यक्ष नगेन्द्रप्रसाद रिजालले स्वागत मन्तव्य व्यक्त गर्दै गैँडाकोटमा अनुभवी व्यक्ति एवं संरक्षणमा नै खटिएका संरक्षणकर्मीहरुकै आवाजमा संरक्षणमुखी एवं वेदनाका तीजी गीत सुन्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायीका बसन्ती थापाको बेजोड प्रस्तुती रहेको थियो । तीजगीत प्रतियोगितामा सहमतिका कार्यकारी निर्देशक हरिप्रसाद सापकोटा र विजय एफएमकी प्रस्तोता पवित्रा पराजुलीले सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com