About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
कोशी प्रदेश सरकार गठनमा काँग्रेसले जिम्मेवारी भुमिका खेलोस्ः एमाले

न्युज एजेन्सी नेपाल आइतबार, भाद्र २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

आईतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाउनुभएको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भएपनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताउनु भयो । उहाँले प्रदेशप्रतिको वितृष्ण बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै काँग्रेसले समाधानको बाटोमा जानुपर्ने बताउनु भयो । उहाँले प्रदेशको हीत र संविधानको रक्षाका काँग्रेसले जिम्मेवारीपूर्ण भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल गरिरहेका छौँ । पहिलादेखि नै हामीले उहाँहरुलाई भनेको त्यही नै थियो । त्यहाँ जुन ढंगको शक्ति अवस्था छ, निषेध गरेर जाने खालको बाटोमा नजाऔँ । उहाँहरुले निषेध गर्न कोशिष गर्नुभयो । त्यसका लागि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ । अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ । जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन । नेपाली काँग्रेसले जिम्मेवार भुमिका खेलोस् । हामी प्रारम्भिक चरणको कुराकानीमा छौँ । अहिले नै कुनै संकेत छैन, प्रदेशको हीत र संविधानको रक्षाका लागि त्यसो गर्नु राम्रो हुन्छ ।’

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताउनु भयो । उहाँले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको छ । पछिल्लो समय जुन विश्वासको संकट जस्तो देखिएको छ, नेपाल र चीन सम्बन्धमा । चिनियाँ मित्रहरुरुको मनमा नेपालले कतै सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भने, नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो की, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो की वा अरु कुनै सेक्युरिटी अम्ब्रेलातिर नेपाल जान खोजेको हो की भन्ने खालको छ,त्यसलाई चिर्ने काम र नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ भन्ने पक्षमा मैले आग्रह गर्छु । उचस्तरीय भ्रमणको क्रममा जे समझदारी भएका छन्, ति कार्यको कार्यान्वयनमै केन्द्रित हुुनपर्छ भनेको छौँ ।’

उहाँले उचस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गरेको बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com