About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषी देखिनेलाई कारबाही हुन्छः मन्त्री बस्नेत

न्युज एजेन्सी नेपाल आइतबार, भाद्र २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणको छानबिन गरी दोषिउपर कारबाही हुने बताउनुभएको छ ।

इजिप्टको राजधानी कयरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आईतवार काठमाडौं आइपुग्नुभएका मन्त्री बस्नेतले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । केही दिन अघि कान्ति बाल अस्पतालमा पाँच वर्षीया रेजिशा गोपालीले इमर्जेन्सीमा उपचार नपाएर मृत्यु भएको खबर सञ्चारमाध्यमहरुमा आएको थियो । उहाँले आफू विदेशमा भएको बेलामा पनि सो घटनालाई चासोका साथ हेरेको र स्वास्थ्य सचिवलाई फोन गरेर घटनाबारेमा बुझेको बताउनु भयो । उहाँले यस घटनाको छानबिन गर्न छानबिन समिति गठन भएको र गल्ती गर्नेहरुलाई कारबाही गरिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘कान्ति बाल अस्पतालमा भएको घटनाको बारेमा पैसाको अभावमा भन्नेकुरा मैले सुनेको छैन । केही समय पहिला उपचार गर्नुपर्ने भीडभाड र बिरामीको लाइनले गर्दा त्यो समयमा भएन त्यसले गर्दा मृत्यु भयो भन्ने मैले विदेशमा भएपछि पनि त्यो खबर सुनेको थिएँ । त्यो खबर सुन्नेबित्तिकै सचिवज्यु डा। रोशन पोखरेललाई मैले सम्पर्क गरेँ । छानबिन समिति बनाउने प्रक्रिया अगाडी बढेको छ तुरुन्तै भन्नुभएको थियो । बनेको होला । केही त्यहाँ जानाजानी त्यस्ता गल्तीहरु केही भएको रहेछ भने कारबाही हुन्छ । उता हुँदा पनि मैले यसलाई चासो राखेर हेरेकै हो । कारबाही नै गर्नुपर्छ भनेको छु मैले ।’

उहाँले इजिप्टमा भएको कार्यक्रममा बसाइँसराई र अव्यवस्थित बसोबासका दृष्टिले स्वास्थ्य क्षेत्रमा परेका समस्याहरुको बारेमा छलफल भएको बताउनु भयो । त्यसैगरी आधारभुत स्वास्थ्य सेवा दिने कुरालाई व्यवस्थित गर्ने रणनीतिको सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनु भयो । त्यसैगरी जनसंख्या र स्वास्थ्य सेवालाई सँगसँगै लिएर जान सकिएन भने विकास पनि सम्भव छैन भन्ने विषयमा छलफल भएको उहाँको भनाई छ । कार्यक्रममा विभिन्न देशका स्वास्थ्य मन्त्री तथा विभिन्न दातृ संस्था र निकायहरुका प्रतिनिधिहरु सम्मिलित रहेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com