About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
 सुनवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न

दर्पण पोष्ट शनिबार, भाद्र २३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा रहेको सुनवल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिवार एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनवल नगरपालिका १ का वडा अध्यक्ष मन बहादुर थापाले सहकारीले सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहयोगी र महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। सहकारीले सानो लगानीमा व्यवसाय गर्ने विपन्न वर्गका नागरिकको जीवन स्तर उकास्न सहयोगी भूमिका खेलेको समेत बताउनुभयो।

May be an image of 7 people, dais and text

आजको बचतनै भोलिको आम्दानी रहेको बताउंदै वडा अध्यक्ष थापाले बचत गर्ने वानीको विकास गर्न समेत आग्रह गर्नुभयो।

कार्यक्रमममा विशिस्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेस्फुन) का केन्द्रिय सदस्य सन्दिप सापकोटाले उदेश्य मिल्ने सहकारीहरु मर्ज हुन जरुरि रहेको बताउनुभयो। त्यस्तै यदि सहकारीका सदस्यहरुको लागि स्वरोजगार मूलक तालिम आवश्यक परेको खण्डमा नेस्फुनले आवश्यक सहयोग गर्ने पनि प्रतिबद्दता गर्नुभयो।

कार्यक्रममा विभिन्न विधामा सहकारी सदस्यहरुलाई सम्मान गरिएको थियो । जस अन्तर्गत नियमित बचत तर्फ देउ कुमारी राना, हिरा देवी गिरि, असल ऋणी तर्फ राजु भण्डारी, दिल प्रसाद कर्माचार्य र सफल व्यवसायी तर्फ भल बहादुर रुचाल, शान्ति पाण्डे र दिल कुमारी खत्री क्षेत्रिलाई सम्मान गरिएको हो।

May be an image of 2 people and temple

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द प्रसाद ढकालले अध्यक्षको प्रतिवेदन, संचालक समिति सदस्य मनिकला शर्माले कोषाध्यक्षको प्रतिवेदन र प्रेम प्रसाद पराजुलीले लेख समिति संयोजकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

May be an image of 7 people and text

कार्यक्रममा निवर्तमान अध्यक्ष संजय कुमार श्रेष्ठ, नेवास् गुठिका अध्यक्ष घन श्याम श्रेष्ठ, शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गङ्गा बहादुर गुरुङ, श्रम ज्योति महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा सापकोटा लगायतले बोल्दै सहकारीको उन्नति प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

May be an image of 5 people and text

कार्यक्रम उपाध्यक्ष शुसिला ढकालको स्वागत र सचिव पिताम्बर चापागाईंको संचालनमा सम्पन्न भएको थियो ।

May be an image of 5 people, dais and text

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com