About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
प्रजातान्त्रिक बिचार समाज नवलपरासीद्रारा जिल्ला अस्पतालमा फलफूल र जुस बितरण

प्रकाश न्यौपाने शनिबार, भाद्र २३, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । प्रजातान्त्रिक बिचार समाज नवलपरासीद्रारा पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल र जुस बितरण गरेको छ ।

कार्यक्रममा संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले वि.पि.का बिचारलाई ग्रामिण तह सम्म पुर्‍याएर समाजलाई सुसूचित गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो । खनाल भन्नुहुन्छ-” अहिले राष्ट्रमा बैचारिक खडेरी परेको छ । विभिन्न बिचारहरुले समाज छितरिएको छ । छितरिएको समाजलाई वि.पि.को सन्देश मार्फत प्रजातान्त्रिक बिचार समाजले जोड्नु आजको आवश्यक रहेको छ । माक्सवाद, लेनिनवाद नेपालको माटो सुहाउँदो छैन । नेपाललाई सुहाउँदो वि.पि.को विचार हो । जसलाइ समाजले ग्रामीण तहसम्म पुर्‍याइ समाजलाई एकीकृत गर्न जरुरी छ।”

१ सय १० औं वि.पि. जन्म जयन्तीको पुर्व सन्ध्यामा जिल्ला अस्पतालमा रहेका ३१ जना बिरामीको शिघ्र स्वास्थ्य लाभ गर्दै फलफूल र जुस बितरण गरिएको समाजका अध्यक्ष डिक बहादुर पाण्डेले जानकारी दिनु भयो ।

कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किरण पाण्डे, नेपाली काङ्ग्रेस नवलपरासीका कार्यवाहक सभापति बिक्रम यादवलगायतले बोल्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । समाजका उपाध्यक्ष बिनोद ज्ञावालीको स्वागत रहेको कार्यक्रमको संचालन सचिब शिवा रेग्मीले गर्नु भयो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com