कपिलवस्तु ।जिल्लाकाे क.ब.न.पा. वडा नम्बर ९ कुश्मा स्थित बुद्ध शान्ति इङ्लिस बोर्डिङ स्कुल ले एक कार्यक्रम का बिच बिविध कार्यक्रम अन्तर्गत कृष्णजन्मष्टमीलाई प्रमुख पर्वकाे रूपमा मनाएको छ। बिद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई संस्कृतिकाे जर्गेर्ना गर्न यस्तो कार्यक्रमकाे आयोजना गरिएको बिद्यालयका प्र.अ . नारयणप्रसाद पौडेलले बताउनु भएको छ।
यसरी गरिएको कार्यक्रमले बिद्यार्थीहरूमा सकारात्मक साेचकाे बिकास हुने ,संस्कृतिकाे संरक्षण हुने पनि बताइएको छ। कृष्णष्टमीलाई धार्मिक हिसाबले महत्त्वपूर्ण चाँडकाे रूपमा मनाउदै आएकाे बिद्यालयले जनाएको छ । त्यसाे त बिद्यालयले बिद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउदै आएकाे छ। भने कृष्णष्टमीकाे अवसरमा छात्रछात्रालाई राधाकृष्णकाे रूप धारण गराई भजनकृर्तन सहित नृत्यनाटककाे माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको थियो ।