About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
राज्यमन्त्री सिर्पाली द्धारा असहाय बालबालिकाहरुलाई सहयोग प्रदान

गोपि ज्ञवाली बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ। जनयुद्धमा अविभावक गुमाएका, भुकम्पमा अविभावक गुमाएका, एवं अन्य विभिन्न कारणबाट अविभावक विहिन बनेका बालबालिकाहरुलाई पालनपोषण एवं शिक्षादिशाको व्यवस्था गर्दै आएको सामाजिक संस्था एकिकृत समृद्धी नेपाल नामक सामाजिक संस्थालाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले आर्थिक सहयोग गर्नु भएको छ ।ताराकेश्वार नगरपालिका वार्ड नम्बर ७ गणेश बस्तिमा रहेको एकिकृत समृद्धि नेपाल नामक संस्थाले पछिल्लो १२ वर्ष देखी जनयुद्ध लगाएत विभिन्न घटनामा परि अविभावक गुमाएका बालबालिकाहरुलाईको रेखदेख सहित लालनपालन गर्दै आएको एकिकृत समृद्धी नेपालका अध्यक्ष भिम रोका मगरले बताउनु भएको छ । संस्था संचालन भएको वषैँ विति सक्दा समेत राज्यबाट कुनै प्रकारको अनुदान वा सहयोग नपाएको संस्थाले अहिले ३५ जना अविभावक विहिन बालबालिकाहरुको शिक्षा सहितको व्यवस्थापन गर्दै आएको छ भने अहिले सम्म १२ जना बालबालिकाहरु रोजगारीमा आत्मनिर्भर भएर संस्थाबाट बाहिरी सकेको अध्यक्ष रोका मगरले बताउनु भयो ।देश विदेशमा रहेका नेपाली सहयोगदाताहरुले दिएको आर्थिक एवं जिन्सी सामानहरुको सहयोगमा मात्र संचालनमा रहेको एकिकृत समृद्धी नेपाल संस्थाले अहिले आर्थिक समस्या झेल्दै आएको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीले आफनो सचिवालय र आफुले पाउने सरकारी रकमबाट व्याक्तिगत रुपमा ३५ हजार नगद रुपियाँ र दैनिक प्रयोगमा आउने विभिन्न प्रकारका सामानहरुको सहयोग गर्नु भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव विस्नु प्रसाद गैरेले बताउनु भएको छ ।जनयुद्धको क्रममा विभन्न स्थानमा ज्यान गुमाएका शहिदहरुका ७ जना अविभावक विहिन बालबालिकाहरुको सेवाबाट २०६८ सालमा शुरु भएको एकिकृत समृद्धि नेपाल संस्थामा अहिले जनयुद्धका शहिद, अपांगता भएका परिवार, भुकम्पमा परिवार विहिन बनेका बालबालिका, विभिन्न समयमा दुर्घटनामा परि अविभावक गुमाएका, विभिन्न प्रकारका जटिल रोगबाट ज्यान गुमाएका कारण परिवारका विहिन बनेका बालबालिकाहरुहरुले सो संस्थाबाट जिवन र शिक्षा पाउदै आएका छन । यो संस्थाका संचालक भिम रोका मगर स्वयम जनयुद्धका घाईते योद्धा मात्र होईनन कि उनको परिवारबाट तीन जना शहिद भएका छन । जनयुद्धमा कुशल योद्धको रुपमा माओवादीमा सकिृ भएका भिम रोका मगरले लामो समय देखी संचलन गर्दै आएको संस्थालाई माओवादीको सरकार हुदा समेत कुनै प्रकारको सहयोग नभएको भन्दै संस्थाका संचालक मगरले आक्रोश ब्याक्त गुर्न भयो ।


संस्थामा जनयुद्धका योद्धा शहिदहरुका आश्रित बालबालिका रहेको थाहा पाए पछि बुधवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीले आफनो सचिवालयको दलबल सहित तारेकेश्वर नगरपालिकामा रहेको सो संस्थामा राहत लिएर पुग्नु भएको स्रोतले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com