About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको अधिवेशन शुरु

न्युज एजेन्सी नेपाल बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौ ।मंगलवार ७८ औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले महासभाको अधिवेशन उद्घाटन गर्नुभएको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको तर्फबाट उपप्रमुख अमिना मोहम्मदले उहाँको मन्तव्य अधिवेशनमा पढेर सुनाउनुभएको थियो । उहाँले यो निराशाको नभइ काम गर्नुपर्ने क्षण भएको बताउनु भयो । शान्ति र मानव अधिकारको लागि कार्य, दिगो विकास लक्ष्य, जलवायु परिवर्तनका कारण आएको खतरालाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उत्पादनशील रोजगारी सिर्जना, महिला र युवाहरुका लागि रोजगारीको अवसरमा आवश्यक जोड दिनुपर्ने बताउनु भयो ।

फ्रान्सिसले महासभाको नयाँ शैक्षिक सत्र विश्वको डरलाग्दो अवस्थाका बीचमा शुरु भएको र धेरै चुनौतिहरु रहेको बताउनु भयो । अहिले भइरहेका विश्वव्यापी समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको बताउनु भयो ।

 

उहाँले विश्वव्यापी सहयोग र साझा प्रतिवद्धतामा नविकरण गरी वातावरणलाई जीवन्त बनाउन सबै लाग्नुपर्ने बताउनु भयो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com