About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातल आजबाट अनलाइन टिकटको व्यवस्था

न्युज एजेन्सी नेपाल बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ ।

अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरिएको अस्पतालले जनाएको हो । अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । स्त्रीरोग अस्पालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउण्टर समेत थप गरेको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनी रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको बताउनु भयो । उहाँले मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धि केन्द्रिय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या ४१४ भएपनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको बताउनु भयो । निर्देशक अधिकारीले गत आर्थिक वर्ष २०७९/८० मा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसुतीतर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेको उल्लेख गर्नुभयो । उहाँले नवजात शिशु सघन उपचारतर्फ २ हजार १९२ र मातृ संघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा अस्पतालले बहिरंग सेवातर्फ १ लाख ८० हजार ८९० जना महिलाहरुले सेवा लिएको जानकारी दिनुभयो । उहाँले प्रसुतिमा भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसती डेलिभरी भएको भन्दै जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको बताउनु भयो । २४ हजार ६७२ जना प्रसुती डेलीभरी महिलामध्ये ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात सिजरियन सेक्सनबाट डेलिभरी भएको बताउनु भयो । निर्देशक अधिकारीले स्त्रीरोग गाईनोकोलोजी शल्यक्रियातर्फ गत आर्थिक वर्षमा २ हजार ९६४ जनाको शल्यक्रिया भएकोमध्ये २२३ जनाको दुरविन प्रविधि (ल्याप्रोस्कोपिक) र २ हजार ७२३ जनाको चिरफार प्रविधिबाट शल्यक्रिया गरेर उपाचार गरिएको बताउनु भयो ।

उहाँले गत आर्थिक वर्षमा १ हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको बताउनु भयो । स्त्रीरोग अस्पातल वि.स. २०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शैय्या शुरुवात भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com