काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको मिति सरेको छ। आगामी असोज ६ र ७ गतेका लागि तय भएको ग्रेडवृद्धि परीक्षा अब असोज ९ र १० गते हुने भएको हो।
ग्रेडवृद्धि परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा ११ र १२० सानोठिमीले जनाएको छ। असोज ९ गते मङ्गलवार अनिवार्य अङ्ग्रेजी ९००४१० र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी ९००४१० र दोस्रो दिन अनिवार्य नेपाली ९००२१० विषयको परीक्षा दिनुपर्ने पनि बोर्डले जनाएको छ।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। यो परीक्षा असोज १० गते बुधवार सञ्चालन हुने छ।