About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
समाचार प्रभाव : गुणस्तर हिन नेहा अक्वाको पानी बजारबाट उठाईयो

नरायण भण्डारी/प्रकाश न्यौपाने बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानी गुणस्तर हिन भएको समाचार आए पछि कम्पनीले बजारबाट पानी उठाएको छ ।

नेहा अक्वाको पानी स्वास्थ्यमा हानी गरेको समाचार विभिन्न मिडियाहरुबाट प्रकाशन एव प्रसारण भएसंगै बजारमा रहेको पानी उठाईएको हो । भदौ ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले गरेको पानीको परिक्षणको रिपोर्ट अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया पाईएको थियो ।

पिउने पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिनु जनस्वास्थ्य माथिको गम्भिर खेलवाड भएमा बर्दघाट नगरपालिकाकाले गम्भीर ध्यानाकर्षण भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । स्वास्थ कर्मीका अनुसार नेहा अक्वमा कोलिफर्म बढी देखीएको छ । जसको कारण हैजा, झाडा पखाला र बान्ता आउने खतरा हुने स्वास्थ कर्मी बताउछन् ।

नेहा अक्वाको पानीमा टोटल कोलिफर्म ब्याक्टेरिया १ सय मिलिलिटरमा अनुपस्थित हुनुपर्नेमा २१ रहेको छ । जसले गर्दा विश्लेषण गरिएका प्यारामिटर आधारमा प्राप्त नमुना अनुसार नेपाल सरकारको मापदण्ड अनुसार नभएको पाईएको रिपोर्टमा उल्लेख छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार पानी पिउनयोग्य नभएको देखिएको छ। पिउन योग्य नभएको पानी बजारमा पाइएपछि अहिले नेहा अक्वाको पानी बजारबाट उठाईएको छ ।

केहि दिन अगाडि बर्दघाट नगरपालिका, उपभोक्ता सरक्षण मञ्च र कम्पनीका प्रतिनिधि बसेर गुणस्तर हिन पानी बजारबाट उठाउने सहमती भए पनि कम्पनीले पानी उठाउनका लागि आनाकानी गर्दै आईरहेको थियो । नगरपालिकाले बजारबाट पानी नउठाईए थप कारबाही प्रकृया अगाडि बढाउने चेतावनी दिए पछि कम्पनी पानी बाध्य भएको हो ।

पानी कोलिफर्म कसरी भेटियो भन्ने सन्दर्भमा कम्पनीका संचालक सन्तोष कलवारले कम्पनीको यु बि लाइट फ्युज भएको ले पानीमा कोलिफर्म भेटिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ “ हाम्रोमा २ वटा यु बि लाइट छ लाइनको भोल्टेज तल माथी हुदा यु बि लाइट फ्युज भएको रहेछ हामीलाई पछि थाहा भयो ।”

बजार बाट उठाईएको पानी अहिले बर्दघाट उद्योग बाणिज्य संघको सभाहलमा राखिएको छ । मानव स्वास्थ्यमा गम्भिर असर गर्ने कोलिफर्म जीवाणु सहितको पानी बजारमा पठाएको कम्पनीले फिर्ता ल्याउने सहमति भएको अनुसार पानी संकलन गरिएको बर्दघाट नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्ययले बताउनु भयो । उहाँ भन्नुहुन्छ –“ नगरसङ्ग भएको सहमति अनुसार नगर र कम्पनी मिलेर बजारबाट पानी उठाइएको र अब गुणस्तर हिन पानी नष्ट गर्छौ ।”

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com