About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
नवलपरासी सिमा तस्कारीमा प्रहरीको नाटक

दर्पण पोष्ट सोमबार, भाद्र १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । नवलपरासीमा प्रहरीको नाटक हेर्दा अच्चमा लाग्छ । प्रहरी प्रशासन विना सिमा तस्कार सम्भव छैन  तर प्रहरी प्रशासन मिलेपछि सिमानाकामा जेपनि सम्भव छ यसको उदहरण बनेको नवलपरासीको सिमा तस्करी । सिमा सुरक्षाको पहिलो बारको रुपमा जिम्मा पाएको सशस्त्र प्रहरी प्रत्येक सिमा नाकामा निगरानी हुन्छ तर दैनिक रुपमा अवैध तस्कारी भने रोकिएको छैन । यसको मुख्यकरण हो तस्कारी संग प्रहरीको साँठगाठ कमिशनमा लिपत हुनु । जसको उदहरण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट तस्करले नेपालमा बिना भन्सार सामान भित्र्याउनु हो । पछिल्लो समय नवलपरासीको विभिन्न नाकाबाट उज्यालोमै तस्करले भारतबाट नेपालमा बिना भन्सार भारी मात्रामा सामान भित्र्याइरहेका छन् । तस्करको यो कार्यलाई सघाउँदै छन् प्रहरी प्रशासन  चोरीपैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले । यहाँसम्म की सशस्त्र प्रहरीको सादा पोशाक कर्मीले तस्करको सामानलाई सुरक्षित स्थान (व्यपारीका गोदाम) सम्म ल्याउन स्कर्टिङ गर्ने सम्माको काम गरिरहेको पाइएको छ ।

प्रहरी भन्छन् ‘हामीले पत्तै पाएनौ कहाँबाट कसरी यति धेरै परिमाणमा सामान भित्रिएछ’ । सुरक्षाकर्मीको मिलोमतोमा नवलपरासीमा फस्टाएको तस्करी धन्दा बसहिया,हर्कपुरा,पडरी भुजहवा नाकामा छताछुल्ल भएको छ । भुजहवाको सशस्त्र प्रहरी विओपी को छेवैको गोदाममा भारी परिमाणमा तस्करीका सामान देखिन्छ र भेटिन्छ तर छेवैकै विओपीका ईन्र्चाज शसस्त्र प्रहरी निरिक्षक प्रेम कार्की कानमा तेल हलेर बस्छन । भुजहवामा मात्रै नवलपरासीको ठुला तस्कारीहरु बस्ने ठाँउको रुपमा पनि परिचित छ ।

यस ठाँउमा प्रहरी प्रशासन पनि तस्कारी रोक्न सकेको छैन । भुजहवाको तस्कारको नाईके भनेर चिनिने मानोहर यादव , बिरेन्द्र यादव र गोरख बनियाको कमाण्डमा मिण्टु यादक ,आकाश गुप्ता,जस्ता तस्कारहरुले प्रहरी का इन्चार्जहरु संग साठगाठ गरी यो तस्करी फास्टएको देखिन्छ । यस्तै पाडा ,भैसी ,बाख्रा, खासी ,बोकाको कारोबारमा लिम बहादुर क्षेत्रीको कमाण्डमा कलम, सद्धाम भन्ने तस्कारीले लाखौ रुपैया प्रहरी प्रशासन लाई कमिशन दिइएकोले निबार्द रुपले तस्कारी भएको छ । यो कार्य निर्बाद रुपमा हुनुको करण तस्करहरुले प्रत्येक सिमानाकाका गाँउमा हरेक किसिमका फर्म सीमा क्षेत्रको गाँउ भुजहवा , बानकट्टी र बसहियामा ,घरेलु तथा साना उद्योग र कर कार्यालयमा गल्ला भण्डार दर्ता गरेका छन् । जसबाट उनीहरुले प्यान बिल तथा अनलाईन गरी परासी , बर्दघाट बुटवल, भैरहवा तथा काठमाण्डौ पठाउने गरेको बताइन्छ । यी सबै गतिविधिलाई नजिकबाट देखिरहेको सशस्त्र प्रहरीले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न सीमाका गौँडा(गौडामा तैनाथ सशस्त्रको फौज आफैँ तस्करसँग मिलेमतोमा चामल छिराउन लागेपछि संस्थागत तस्करी बढेको स्थानीय बताउँछन् ।

उतm तस्करीका समान खद्यान्न चमाल, गाहु ,माटर परासी स्थित पोखरापालीका गाल्लमाण्डीका ब्यापरीहरु उद्योगमा पुर्याउने काम भैरहेको छ । यस बारे प्रहरी प्रशासन लाई थाहा हुदा पनि केही गर्न नसक्नुको पछाडी कमीशनको मोटो रकम प्रहरीका उच्चा अधिकारी खोल्टीमा आउने गरेको बुझिन्छ । भुजहवमा मात्रै सयौको सख्ंयामा फर्म दार्ता छान । उतm फर्ममा सिधा टेक्टरको टालीमा लोड गरी भरतीय टेक्टर नेपाल भित्राईन्छ अनि लोड टाली सिमानाकामा रखिन्छ । त्यसपछि भ्याट बिल काटि नेपाली टेक्टरमा उतm टाली जोडि नवलपरासीको परासीमा ल्याईन्छ । सयौ पिकआप भुजहवबाट हरेका दिन भारतीय चमाल परासीको बजारमा भित्रिदा पनि प्रहरी तै चुप मै चुप हुनुको करण ?

हामी पुणर् रुपले सिमा तस्करीबन्दा गरेका छौ सिमानाकामा चुस्त दुरुस्त काडई गरेको छु । मा हुनजेल सम्म तस्कारी हदैन सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक धिरेन्द्रराज न्यौपन्ने को दाबी छ ।

यो महिनमा मात्रै भुजहवा बाट भुजहवा सशस्त्र प्रहरीको कार्यालयको सय मिटर दक्षिण र उत्तरको घरमा तस्करले लुकाई छिपाई ठुलो परिमाणमा भण्डारण गरिएको समान छापामारि महेशपुर भन्सार बझाएको थियो । उक्त सामान नजिकको व्यपारिक सहरहरू (परासी, गोपिगंज, बर्दघाट,बेलाटरी) मा सप्लाई गर्दै आएको सूचना स्वायम प्रहरी प्रशासनलाई थाहा छ । नवलपरासीमा राजश्व अनुसान्धन ,भन्सारका नेपाल प्रहरीले एक महिनाको अन्तरलमा करोडौंको सामान जफत गरेको छ । तर तस्कारीको समान समातेर प्रहरीले भन्सार बुभाएको देखिन्छ तर तस्कार समाएको देखिदैन यो सब प्रहरी प्रशासनको नाटक हो । देखावटी रुपले नवलपरासीको प्रहरी प्रशासन बदनाम बनेको छ ।

सुस्ताको रामनगर हुदै, झुलनीपुर ,महेशपुर सडकमा पछिल्लो समय तस्करी बढी भइरहेको छ । पछिल्लो समय सिमा तस्कारको नाईके भनेर चिनिने भुजहवाका मनोहर यादव ,हरपुरका गोरख मद्धेशिया ठुलो प्रमाणमा तस्कारी गरए पनि प्रहरी प्रशासन मौन देखिएको छ । यी तस्कारका नाईके हरुको मोजर्हिया र हरपुरमा ठुलो मात्रमा गोदाम रहेपनि कुनै पनि निकायले अनुगमान गरेको पाईदैन ।

पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा (सादा पोशाकका प्रहरी) ले देखाएको बाटोबाट बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करहरूले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पाट्र्स, र कस्मेटिक्स सामान प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर (मासिक रकम दिएर) ल्याइरहेका छन् । तस्करी बढेसँगै राज्यले पाउने करोडौं राजस्व गुमिरहेको महेशपुर भन्सार प्रमूख बुद्धि बहादुर चुडाल बताउँछन् ।

नवलपरासीमा भुजहवा बाइपास सडक बाट तस्करले समान भित्रयाइरहेको स्थानीय व्यपारीहरू बताउँछन । यी सबै नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति छ । स्थानीयका अनुसार भुजहवा बाइपास सडकमा पछिल्लो समय तस्करी बढी भइरहेको छ । महेशपुर र भुजहवा नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ । चोरी पैठारी नियन्त्रणमा सहयोगका लागि सीमा नाकामा इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बिओपी पोस्ट छ । ‘सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले यहाँका सहरमा सामान ल्याउँछन् ? महेशपुर एक व्यापारीले सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा भने, ‘दर्जनौं सुरक्षा पोस्ट पार गर्दै सुरक्षाकर्मीको अड्डा छेवैमा गोदाम राखेर तस्करले सामान भण्डार गर्दै आएको कोहीबाट लुकेको छैन्।’

पछिल्लो समय तस्करीका लागि चम्केको भुजहवा, पडरी, रामनगर, बसहिया,हर्कपुरा नाका परी भारतीय लक्ष्मीपुर, बर्गदवा बाट दैनिक उपभोग्य सामानसँगै मोटरपार्टस समेत भित्रीने गरेको स्थानीयहरू बताउँछन् । उनीहरूका अनुसार यो नाकाबाट तस्करी हुने सामान गोपिगंज, भुजहवा,गेरमी ,हरपुर,हर्कपुरा ,बसहियामा भण्डारन हुने र यहाँबाट बुटवल ,काठमाण्डौ सम्म पुग्ने गरेको छ।

पछिल्लो समय प्रहरी र सशस्त्र प्रहरीले सादा पोसाकमा घुमुवा प्रहरी परिचालन गरेको छ । सशस्त्र प्रहरीले जिल्ला, वेस देखि क्षेत्र सम्मका सशस्त्र प्रहरी सादा पोसाकमा नवलपरासीमा परिचालन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com