About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
गायक नारायण वि पि र गायिका काेपिला न्यौपानेकाे तीज गीत ‘गमक्क नपर माया’सार्वजनिक (भिडियो सहित)

गोकर्ण पाण्डे सोमबार, भाद्र १८, २०८० मा प्रकाशित

featured photo: Darpanpost

गोकर्ण पाण्डे:गुल्मी।नारायण वि पि,बिक्रम बाबु विश्वकर्मा गायिका काेपिला न्यौपाने काे स्वर मा रहेको तीज गीत ‘ गमक्क नपर माया’बजार मा सार्वजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ।बजारमा यतिबेला बिभिन्न खाले तिज गीत सार्बजनिक भै रहेका छन्। लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीत संगीतको पछि हिँड्ने गायक नारायण वि पि का थुप्रै लोक दोहोरी, पन्चे बाजा र तिज गीत बजारमा छन् ।
पछिल्लो समय वि पि का तीज गीतहरू बजारमा निकै चर्चामा छन् । हरेक वर्ष तीज आउन बित्तिकै नारायण वि पि परियारका दर्शकाले तीज गीत खोज्ने गर्छन्।गायक नारायण वि पि परियार ले हरेक वर्ष तीज का गीत बजारमा ल्याउने गरेका छन् ।

अहिलेकाे वर्ष बाेल माया बाेल‘’ वर्षको उत्कृष्ट तीज गीत बनेको थियो।यो वर्ष फेरि पनि नारायण वि पि परियार ले अर्को गित ‘गमक्क नपर माया’ तीज गीत सार्वजनिक गरेका छन् । दर्शक को माया साथले यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको बताए ।
नारायण वि पि परियार को स्वरमा रहेका माया बस्ला फेरि,धुलाे उडायाे,आँखैमा गाजल, जाेबान,गैरी खेत,निलाे फरिया,बाेल माया बाेल,फेरे झै जुत्ता जस्ता तीज गीत चर्चामा छन् । गीत संगीतकै निरन्तरतामा नारायण वि पि परियार ले फेरि अर्को तिज गीत ‘गमक्क नपर माया ’ ल्याएका हुन् । गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गितमा गायक नारायण वि पि परियार,बिक्रम बाबु विश्वकर्मा गायिका काेपिला न्यौपाने काे स्वर रहेकाे छ।

गीत मा लय खुमन अधिकारी गर्नुभएको छ। भने गितमा शब्द बिक्रम बाबु विश्वकर्मा ले गरेका छन्। स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा बिक्रम बाबु विश्वकर्मा,नारायणी खत्री,रायान बस्याल र अस्मि सुनारकाे अभिनय देख्न सकिन्छ ।भने गितकाे छायांकन करन चैसिर ले गरेका छन्।त्यस्तै गितकाे सम्पादन अमृत चापागाईं ले गर्नु भएको छ।गीत म्युजिक भिडियो बिक्रम बाबु विश्वकर्मा युटुव च्यानल बाट बजारमा सर्बजनिक भएको छ।
गितकाे म्युजिक भिडियो सहित:

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com