गुल्मी।जयजय कोटेश्वर समुहको दोस्रो प्रस्तुती लोक भजन “जपौँ हरी राम” सार्वजनिक भएको छ। चर्चित गायक ओम सेन्चुरी, महेन्द्र भण्डारी गायिका पुजा देवकोटा को स्वर रहेको छ।
कोटेश्वर तपभुमी को नाममा समर्पित गरेर तयार गरिएको भजनमा लय शब्द हेमनाथ खरालको रहेको छ।भने भजनकाे निर्देशन रबिलाल पौडेल र देविराम घिमिरेले गर्नु भएको छ। भिडियो गुल्मीस्थित कोटेश्वर मन्दिर र भुवाचिदी क्षेत्रमा छायाङ्कन गरिएको हो ।
समिक्षा भट्टराई,विनिता परियार,मुकुन्द सुवेदी,दुर्गा काफ्ले,सन्देश भट्टराईको अभिनय रहेको उक्त भजनकाे छायाङ्कन रबिलाल पौडेल,दिपक भट्टराई र देविराम घिमिरेले गर्नु भएको छ भने भजनकाे एरेन्ज महेन्द्र भण्डारीले गर्नु भएको छ।उक्त भजनलाई अहिले धर्मप्रेमी स्रोता तथा दर्शकले पनि रूचाएर राम्रो प्रतिक्रिया दिएको गायक सेन्चुरीले बताउनुभयो ।भजनकाे म्युजिक भिडियो ओम सेन्चुरी युटुव च्यानल बाट सर्बजनिक गरिएको छ।
भिडियो सहित