About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
ठूला राजनीतिक दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः पशुपति समशेर जबरा

न्युज एजेन्सी नेपाल मंगलबार, भाद्र १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो पुण्य भूमिलाई दुषित गरेको बताउनु भयो । उहाँले जति दुषित, घुसखोरी, भ्रष्टाचार गरेपनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपालमा अपार जलश्रोतको सम्भवना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताउनु भयो । उहाँले हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठूला पार्टीले मुलुक चलाइरहेका छन्, आफूलाई ठूला पार्टी भन्नेहरुले यस्तो पुण्य भूमिलाई कताकता अलि दुषित गरेका छन् । तर हेर्नुहोस्, जति जे गरेपनि, जति घुसखोरी, भ्रष्टाचार गरेपनि यो पुण्य भूमिको यसको सम्भावना कसैले बिगार्न सक्दैन । यहाँ अपार जलश्रोत, यहाँ अन्य किसिमको हबहरु छन् । यहाँको अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको छ । के छैन नेपालमा रु त्यसैले यो मुलुकलाई कसैले दुषित गर्न सक्दैन । तर हामी हिन्दु, बुद्ध, जैन सम्पूर्ण थरका मान्छे जम्मा हुनुपर्छ, बुढा किराँत, सम्पूर्ण एक ठाउँमा आउनुपर्छ ।’

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले देशमा सद्भाव बनाउन नेपालीहरुलाई नेपाली भाषा, सामाजिक संरचनामा र संस्कृतिमा रहेर बुझाउनुपर्ने बताउनु भयो । उहाँले नेपालमा हजारौँ वर्षपूर्व नै सूर्यको ध्वनी पहिचान गरेर ओंकार ध्वनी उच्चारण गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालीहरु बिना मियोको दाइँ जस्तो भएका छन् । हामी अल्मिलिएका छौँ । सद्भाव बनाउन नेपालीहरुलाई नेपालीकै भाषामा सामाजिक संरचनामा र संस्कृतिमा कुन तन्तुले अड्याएको छ, त्यसलाई बुझेर हामीले विश्व हिन्दु महासंघले धर्म, संस्कृतिको विशलेषण गर्नुपर्छ । हामीले सूर्यको ध्वनी पहिचान गरेर ओंकार गायौँ । अहिले नासाका वैज्ञानिकहरुले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गर्नुभएको थियो ।’

संस्कृतिविद् गुरुङले नासाका वैज्ञानिकहरुले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गर्नुभएको उल्लेख गर्नुभयो ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com