About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
प्रअ कै पुस्तक पसल पैसा लगे विद्यार्थी ठगे

प्रकाश न्यौपाने / नारायण भण्डारी मंगलबार, भाद्र १२, २०८० मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी । शैक्षिक शत्र सुरु हुना साथ विद्यार्थीको हात हातमा पुस्तक पुग्नु पर्ने हो । नेपालका दुर्गमका जिल्लामा पाठ्यपुस्तक पुग्न ढला भएका खबर तपाई हाम्रा लागी कुनै नौलो होईन । तर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा रहेको नवजीबन माद्यामिक विद्यालयमा शैक्षिक सत्र सुरु भएको ५ महिना हुँदा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् ।

बर्दघाट नगरपालिकाले पुस्तक खरिदका लागि शैक्षिक शत्रको सुरुमै सबै विद्यालयलाई रकम उपलब्ध गराएपनि अहिले सम्म पुस्तकहरु उपलब्ध नहुनुले विद्यार्थीको भविष्यमाथी गम्भिर खेलबाड भैरहेको छ ।

नवजीबन मावीमा पुस्तक खरिदका लागि २ लाख १२ हजार ७ सय ५६ रुपैँया नगरपालिकाले निकासा गरेको हो । विद्यार्थीहरुले किताब बिना नै प्रथम त्रैमासिक परिक्षा सकेको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताउनुभयो । उहाँ भन्नुहुन्छ “ म यस विद्यालयमा आएको धेरै भएको छैन अंग्रेजी माध्यमलाई ट्रान्सलेट पुस्तक दिनुपर्नेमा हालसम्म विद्यार्थीले पाएका छैनन् । विद्यालयमा आएको रकम पुस्तक पसलका नाममा निकासा भैसकेको छ तर पुस्तक पसलबाट पुस्तक आएका छैनन् ।”

निकासा भएको रकम विद्यालयका तत्कालिन प्रधानाध्यापक अर्जुन पौडेलले आफ्नै पुस्तक पसल पौडेल पुस्तक पसलका नाममा निकासी गउनुभयो । समयमा नै निकासी लिएका पौडेलले किताब भने हाल सम्म पनि उपलब्ध गराउनु भएको छैन । अंग्रेजी माध्यमलाई ट्रान्सलेट पुस्तक उपलब्ध गराउनुपर्ने भएपनि हाल सम्म उपलब्ध गराईएको छैन । कक्षा १ देखी ३ सम्मको गणित, कक्षा ४ र ५ को गणित, विज्ञान र स्वास्थ्यको ट्रान्सलेट पुस्तक विद्यार्थीले अहिले सम्म पाउन सकेका छैनन् । गत साउन सम्म आफै प्रअ रहेका पौडेलले केही विद्यार्थीहरुलाई किताब दिन बाँकी रहेको स्विकार्नुभयो । उहाँ भन्नुहुन्छ “ केहि कक्षाका केही किताबहरु आउन बाँकी थिए अहिले पसल मैले हेर्दिन मेडम (श्रीमती) वा बाबु(छारा) लाई थाहा होला ।”

किताब नपाएको स्विकारेका पौडेलले सोमबार मात्रै कक्षा ६ र ७ का किताबहरु विद्यालयमा पठाउनु भएको छ । पौडेल हाल नवजीवनबाट सरुवा भै वडा नम्बर १३ मा रहेको दुर्गा आधारभुत विद्यालयमा प्रधानाध्यापक कै रुपमा कार्यरत हुनुहुन्छ । झण्डै आधा शैक्षिक शत्र हुनलाग्दा समेत विद्यार्थीले पुस्तक नपाउनु गम्भिर विषय भएको सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ केही दिन भित्रनै प्रअको बैठक डाक्छु र यस विषयमा गम्भिरताका साथ छलफल गराईनेछ ।”

पाठ्य पुस्तक नपाएको गुनासो नगरमा आएपछि नगर प्रमुख सम्भुलाल श्रेष्ठले विद्यालय प्रशासन संग सोधपुछ गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “ अहिले सम्म पाठ्यपुस्तक नपाएको गुनासो आएपछि मैले तत्काल प्रअलाई फोन गरी जानकारी लिँए । केही दिन भित्रमा दुवै प्रअलाइ बोलाइ छलफल गरी विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने र दोषिलाई कारवाही गर्छौ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com