About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
झापा र कैलालीबाट लागुऔषध सहित पाँचजना पक्राउ

दर्पण पोष्ट सोमबार, भाद्र ११, २०८० मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । झापा र कैलालीबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छनन् । झापाको झापा गाउँपालिका-१ बेलायतीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४४ ग्राम २ सय ८० मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका-१० बस्ने २६ वर्षीय सुरेश धिमाल, झापा गौरादह नगरपालिका-४ का २५ बर्षीय सन्देश लिम्बु र मोरङ उर्लावारी नगरपालिका-७ का २७ बर्षीय बिनोद लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ७०४२ नम्बरको मोटरसाइकलको एयर फिल्टरभित्र लुकाई ल्याएको उक्त लागूऔषध, मोबाइल १ थान र नगद १ हजार ७ सय २५ रूपैयाँसहित धिमाललाई तथा उनीसँगै आउँदै गरेको को. २१ प १०४० नम्बरको मोटरसाइकलमा सवार सन्देशलाई मोबाइल १ थान तथा नगद १ सय ६० रूपैयाँ र बिनोदलाई नगद ५० हजार रुपैयाँ तथा १ थान मोबाइलसहित पक्राउ गरेक हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम २४ मिलिग्राम र ओपिडल क्याप्सुल ८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २६ वर्षीय महेन्द्र खड्का समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले खड्काको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com