गोकर्ण पाण्डे:गुल्मी।चर्चित लाेक दाेहाेरी गायक बिशाल रायमाझीले अर्को नयाँ तिज गित बजारमा ल्याएका छन्।उक्त गित केही दिन अघि मात्र बजारमा आएकाे हाे ।नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरलाई मध्यन्जर गर्दै तीज गीत”तल्ला घरे भाई “सार्बजनिक गरेका हुन्।गायक रायमाझीले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको गितमा चर्चीत गायक विशाल रायमाझी,मन्जली बस्याल,प्रदिप गिरी र सिमा नेपाली को स्वर रहेको छ ।यति बेला विशाल रायमाझीकाे गित चर्चा मा रहेकाे छ।बिशाल रायमाझी को स्वरमा रहेका भिनाजुकाे छड्के ताल,नक्कले भिनाजु, बैमानीकाे मायाले, सिक्री घाँटीमा,लाज किन बाबा,सजिएर सिरदेखि पाउसम्म,नकचराे भेना,सैना जस्ता तीज गीत चर्चामा छन् ।
बिशाल रायमाझीकाे आफ्नै लय शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा मोडल तथा डान्सर एलिना रायमाझी,बिशाल रायमाझी,बालचन्द्र बराल,निर्मला पन्त,दिपिका भुषालर रिजन पौडेल को निकै दमदार नृत्य रहेको छ।गित को म्युजिक भिडियोको निर्देशन बिशाल रायमाझीले आफै गरेका छन्।भने गितकाे छायाकंन प्रकाश खड्का ले गरेका हुन् । म्युजिक भिडियो सम्पादन दुर्गेश रानाले गरेका हुन्।र याे समचार तयार पर्दा सम्म गित युटुबको ट्रेण्डिङ्गमा रहेको छ। भने गितकाे म्युजिक भिडियाे बिशाल रायमाझी युटुब च्यानल बाट सर्बजनिक भएको छ।
गितकाे भिडियो सहित: