गोकर्ण पाण्डे/गुल्मी।गुल्मीकाे माटाे ले जन्माएकाे गायक उज्जवल गिरी (दानवरि)को तीज गीत ‘दाम छैन् ‘बजार मा सार्वजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ।बजारमा यतिबेला बिभिन्न खाले तिज गीत सार्बजनिक भै रहेका छन्। लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीत र कमेडिन गित संगीतको पछि हिँड्ने गायक उज्जवल गिरी (दानविर) का थुप्रै लोक दोहोरी र कमेडिय गीत बजारमा छन् ।गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिका वडा नम्बर १ पौदिअमराई निवासी बुबा द्रोण गिरी र आमा मनकला गिरीकाे काेख बाट २०४६ साल माघ १ गते जन्मिएका उज्जवल गिरी सानै देखि गित गाउन रुचि राख्ने गर्दथे भने २०६८ साल देखि कलाकारीत क्षेत्रमा प्रवेश गरेकाे गिरी बताए।उज्वल गिरी कमेडियन भनेर पनि चिनिने गरेका छन् मेला महत्सव मा कमेडि गरेर दर्शक हरु लाई मनाेरञ्न दिने गर्दा छन्। भने गिरी ले आफै गित रचना पनि गर्ने गर्दा छन्।प्रत्यक्ष दोहोरी गाउन अब्बल थुप्रै राष्ट्रिय दोहोरी प्रतियोगिता मा भाग लिएर थुप्रै ठाउमा प्रथम,दोस्रो, तेर्सो स्थान हाँसिल गरेका गायक हाँस्यजगत मा दानवीर नामले पनि प्रख्यात छन्।स्टेज मा सधैं बेस्त देखिने गायक बुटवल मा आफ्नो परिवार श्रीमती प्रीती गिरी भुसाल छोरा प्रज्वल गिरी सङ्गै बस्दै आएका छन्।घर परिवार फुल सपाेट रहेकाे बताउँछन्। केही गितकाे म्युजिक भिडियोमा बुढा बुढी सँगै खेलेको पनि गिरी बताए । बाबा आमा पनि गाँउकाे लोकल कलाकार हो मीठो गित गाउनु दुबैजनाले पुराना तिज गित गाउन र रत्यौली गाउन अझै पनि गिरी काे आमा लाई खोज्ने गरिन्छ भने बुवा गाँउको पुरानो भजन गायक हुन्। मेरो पहिलो गित संगीत को पाठसाला घर हो भने पहिलो गुरु बुवा आमा नै हो गिरी बताउँछन्। सानो मा बाबा साँगै भजन गाउन जानी गरिन्थे भने आमा सङ्ग तिज का गित गाउन जानि गरेको बताउँछन्।
पछिल्लो समय गिरी का तीज गीतहरू बजारमा निकै चर्चामा छन् । हरेक वर्ष तीज आउन बित्तिकै गिरी का दर्शकाले तीज गीत खोज्ने गर्छन्।गायक उज्जवल गिरी ले हरेक वर्ष तीज का गीत बजारमा ल्याउने गरेका छन् ।
अघिल्लो वर्ष पहिल’घर थपक्कै’ वर्षको उत्कृष्ट तीज गीत बनेको थियो। यो वर्ष पनि गिरी ले ‘दाम छैन्’ तीज गीत सार्वजनिक गरेका छन् । दर्शक को माया साथले यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको बताए ।
उज्वल गिरी को स्वरमा रहेकाे घर थपक्कै,बाजा तालैमा,बुढाबुढी दु:खीकाे दशै,कबिलिका मन्टा,टिकटक भाइरल,चील,छाता ओडेर,केरा काचो काचो,रातो रिबन,माइतै गएर बस,म:म खान जाम जस्ता गीत चर्चामा छन् । गीत संगीतकै निरन्तरतामा उज्वाल गिरी ले फेरि अर्को तिज गीत ‘दाम छैन्’ ल्याएका हुन् । गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गितमा गायक उज्जवल गिरी,कमल कडेल गायिका अस्मिता डल्लाकाेटी र मन्जु भट्टराई काे स्वर रहेकाे छ।
गीतको लय/शब्द उज्जवल गिरी र कमल कडेल ले गरेका छन्। बिष्णु भट्टराईकाे निर्देशन रहेको गीतको म्युजिक भिडियोमा उज्वल गिरी,कमल गैरे, निता भण्डारी,लक्ष्मन पाण्डे काे अभिनय देख्न सकिन्छ । गीत म्युजिक भिडियो उज्जवल गिरी युटुव च्यानल बाट बजारमा सर्बजनिक भएको छ।भने याे समचार तयार पर्दा सम्म एक लाख ४० हजार भन्दा बढि दर्शकाे माया बटुल्न सफल भएको छ।
गितकाे म्युजिक भिडियो सहित