सुनवल । मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल कार्यक्रम भदौ ८ गते शुक्रबार हुने भएको छ।
पि पोडक्सनको आयोजनामा गते जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको मिस एण्ड मिस्टर नवलपरासीको फाइनल यहि भदौ ८ गते शुक्रबार साझ ०६ बजेदेखि सुनवल स्थित होटेल ओरियनमा हुने आयोजक प्रशान्त शाहले जानकारी दिए ।
कार्यक्रम अवधिमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने आयोजक शाहले जानकारी दिए । कार्यक्रम अवधि भर मिडिया पार्टनरमा रहेको दर्पण पोष्ट, दर्पण टेलिभिजन ले प्रत्यक्ष प्रसारण गर्ने छ ।