काठमाडौ।सन्ताेष के.सी को तीज गीत ‘आमा भाग २’बजार मा सार्वजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ।बजारमा यतिबेला बिभिन्न खाले तिज गीत सार्बजनिक भै रहेका छन्। लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीत संगीतको पछि हिँड्ने गायक सन्ताेष के.सी का थुप्रै लोक दोहोरी गीत बजारमा छन् ।
पछिल्लो समय के.सी का तीज गीतहरू बजारमा निकै चर्चामा छन् । हरेक वर्ष तीज आउन बित्तिकै के.सी का दर्शकाले तीज गीत खोज्ने गर्छन्।गायक सन्ताेष के.सी ले हरेक वर्ष तीज का गीत बजारमा ल्याउने गरेका छन् ।
अघिल्लो वर्ष ‘सासू बुहारीकाे कलह’ वर्षको उत्कृष्ट तीज गीत बनेको थियो। यो वर्ष पनि के.सी ले ‘आमा भाग २’ तीज गीत सार्वजनिक गरेका छन् । दर्शक को माया साथले यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको बताए ।
सन्ताेष के.सी को स्वरमा रहेका सौता,सासू बुहारी आमा,भट्टी पसल्नी, बुबा आमा,सासू बुहारीकाे कलह, छाेरीकाे कर्म, घर झगडा, पल्कि अरे सुन्तली जस्ता तीज गीत चर्चामा छन् । गीत संगीतकै निरन्तरतामा सन्ताेष के.सी ले फेरि अर्को तिज गीत ‘आमा भाग २’ ल्याएका हुन् । गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गितमा गायक सन्ताेष के सी गायिका समिक्षा आधिकारी र राधिका हमाल काे स्वर रहेकाे छ।
गीतको लय/शब्द सिर्जना सन्ताेष के सी आफैँले गरेका छन्। स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा किरण के सी,अन्जु महजन,पल्पसा डगाेल,कमल गाउँले,सारदा गिरी काे अभिनय देख्न सकिन्छ ।भने गितकाे छायांकन राजेश घिमिरेले गरेका छन्।त्यस्तै गितकाे सम्पादन विष्णु शर्मा ले गर्नु भएको छ।गीत म्युजिक भिडियो सन्ताेष के सी युटुव च्यानल बाट बजारमा सर्बजनिक भएको छ।
गितकाे म्युजिक भिडियो सहित: