About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
सेवाग्राही सङ्ग गैर कानुनी पैसा लिदै वडा कार्यलय

प्रकाश न्याैपाने मंगलबार, साउन ३०, २०८० मा प्रकाशित

featured photo: Darpanpost

साउन२८
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ र ८ ले गैर कानुनी रुपमा सेवाग्राहीसङ्ग रकम लिएको छ ।
पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममामा वडा नम्बर ८ र ९ ले प्रती निवेदन दस्तुर बापत ३ सय १० रुपैया लिएको हो । बर्दघाट नगरपालिकामा घर तथा भवनको अभिलेखिकरणको निवेदन वडा बाट संकलन गर्ने क्रममा वडा नम्बर ८ र ९ ले निवेदन दस्तुर र अन्य शुल्क बापत शुल्क लिएको हो । वडा ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले सेवाग्राहीबाट पैसा लिएको बताउदै वडा सचिबले गल्ती गरेको बताउनु भयो ।

बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले अभिलेखिकरणको निवेदन लिदा शुल्क लिने निर्णय नभएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” निवेदन लिदा वडा कार्यलयले राजस्व लिन मिल्दैन । गैर कानुनी हो । नबुझे राजस्व शाखासङ्ग परामर्श लिनु पर्थ्यो । ”

बर्दघाट नगरपालिका वडा नम्बर ८ र ९ कि वडा सचिब हिमा कुमारी बनले निवेदन लिदा राजस्व लिएको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” निवेदनको शुल्क लिदा गल्ती भएको बताउदै पछि वडाले दिने सिफारिसबाट मिलान गरेर मिलाउछौ ।” १० रुपैया निवेदन दस्तुर र ३ सय रुपैया अन्य दस्तुर गरि ३ सय १० रुपैयाका दरले वडा नम्बर ०९ का ९६ र ८ का १६ जना सेवाग्राहीसङ्ग रकम लिएको छ ।
पुर्व निर्मित घर तथा भवनको अभिलेखिकरण गर्नका लागी नगरले साउन ७ गते देखी भदौ ९ गतेसम्म वडा कार्यलयहरुबाट संकलन गरिने नगरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com