About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
डेंगु राेग नियन्त्र गर्न नगर पालिका को अनुरोध

दुर्गा प्रसाद काफ्ले शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु जिल्ला को शिवराज नगरपालिकाकाे आयाेजनामा बिहीबार डेंगु राेग नियन्त्रण अभियान सम्बन्धि सराेकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख अजय थापाले वरिपरिको वातावरण सफा राख्नु जरुरी रहेकाे बताए । पछिल्लो समय डेंगु राेगकाे महामारी फैलिएकोले नगरवासीलाई सुरक्षित रहन उनले आग्रह गरे ।

यसकाे उपचार नरहेकाेले झुलकाे प्रयाेग निरन्तर गर्नुपर्नेमा जाेडदिँदै छरछिमेकीलाई समेत जनचेतना फैलाउन आग्रह गरेका हुन ! यसैबीच चन्द्राैटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले पछिल्लो समय महामारीकाे रुपमा फैलिएकाे आइफ्लु र डेंगु राेगबाट बच्न आवश्यक रहेकाे बताए । हाेटेल व्यावसायी संघ कपिलवस्तु शस्त्र प्रहरी बलका कञ्चन थापा, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडा लगायतले यस्ता राेगबारे ग्रामिण भेगका समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गरेका थिए ।

विद्यालय, लघुवित्तीय लगायत सरकारी तथा गैर सरकारी संघसंस्थाहरुमा डेंगु नियन्त्रण अभियान सञ्चालन गरि सतर्कता अपनाउन आवश्यक रहेकाे उल्लेख गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com