About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
प्यापसन ले बुझायो नगर प्रमुख लाई ध्यानाकर्षण पत्र

दुर्गा प्रसाद काफ्ले बुधबार, साउन २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापालाई प्याव्सन शिवराज नगर समितिले विभिन्न माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको छ । “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०” सरोकारवालाका सुझावहरूलाई बेवास्ता गरी तयार गरिएको विषयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित, विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न तयार गरिएको विधेयकलाई मध्यनजर गर्दै पत्र बुझाएको नगर अध्यक्ष युवराज सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुुसार विधेयकमा राखिएका कतिपय प्रावधानहरु निजी लगानीका संस्थागत विद्यालयहरुप्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित, अव्यावहारिक र अन्यायपूर्ण समेत रहेको छ । हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सन्चालित विद्यालयहरु नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था भएकोले आफूहरु आन्दोलनमा जानुपर्ने बाध्यता आएको जनाइएको छ ।

उक्त विधेयक संसदमा पेश हुनु अगावै सरोकारका प्रावधानहरूको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरु बन्द गरी थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाहेक प्याबसनसँग अन्य कुनै पनि विकल्प नरहेको प्याब्सन नगर समिती ले जनाएको छ !

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com