About Contact
१७ आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
कर्मचारीलेनै भ्रष्टाचार गरेपछि

दुर्गा प्रसाद काफ्ले बुधबार, साउन २४, २०८० मा प्रकाशित

featured photo: Darpanpost

कपिलवस्तु जिल्ला नेपाल भारत बोर्डलाई जोडने कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिहर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार सरकारी सेवामा प्रवेश गरेको मिति २०४८-१०-१५ गतेदेखि २०७८-०६-३० को अवधिमा अहमदको आय एक करोड १६ लाख ५३ हजार ९५७ रुपियाँ देखिएको छ ।

यसैगरी, व्यय तथा लगानी दुई करोड ७२ लाख ३३ हजार ६५२ रुपियाँ देखिएकाले आयबाट निजको व्यय घटाउँदा आएको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ ।

आयोगले अहमदको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो र जरिवाना जफत समेतको मागदाबी लिई विशेष अदालत, काठमाडौँमा मङ्गलबार आरोपपत्र दायर भएको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मानव विकास सुचाङ्कमा पछाडी परेको बिजयनगर बिकासमा फड्काे मार्दै : अध्यक्ष थापा
प्रभावित क्षेत्रका बासिन्दालाई सेती जलविद्युतको आइपिओ भर्ने आज अन्तिम दिन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com